सिडिओसहित ४० उपसचिवको सरुवा, धनुषामा शाह आउँदै
सो क्रममा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको सरुवा भएको छ । भण्डारीलाई तत्कालिन धनुषाका सिडिओ काशिराज दाहाल सरुवा भएका कारागार व्यवस्थापन विभागमा सरुवा भएको छ ।

२०८० कार्तिक १६ बिहीबार, बेलुकी ६:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गृह मन्त्रालयले मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मातहतका ४० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ।
राजपत्राङ्कित द्वितीय श्रेणीका ४० जनालाई बिहीवार प्रमुख जिल्ला अधिकारी र विभिन्न महाशाखामा जिम्मेवारी तोकिएको हो ।
गृह मन्त्रालयमा रहेका उपसचिव विश्वामित्र कुइँकेललाई बझाङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
सरुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई बैतडी सरुवा गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा खटाइएको छ ।
अध्यागमन विभागमा रहेका खिमराज भुसाल दैलेखको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका छन् ।
सो क्रममा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको सरुवा भएको छ । भण्डारीलाई तत्कालिन धनुषाका सिडिओ काशिराज दाहाल सरुवा भएका कारागार व्यवस्थापन विभागमा सरुवा भएको छ ।
भण्डारीको ठाउँमा नयाँ सहायक प्रमुख जिल्ला अधिकारी सागर शाह आउने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…