गैर–जिम्मेवार हेडमास्टर राजेन्द्र साहलाई कारवाही गर
हेडमास्टरको क्रियकलाप लापरबाही हेरेर धनुष शान्ती समाजका अध्यक्ष लक्ष्मी साहले यी प्रअले स्कुललाई बरबाद गरिदिएको आरोप लगाए । यदि अब पनि सुध्रेन भने त हामी चुप लागेर बस्दैन । भौतिक कार्वाही देखि हरसम्भव ठेकान लगाउने चेतावनी पनि बारम्बार दिँदै आएको बेला प्रअ साह पनि ईमान्दारीतापूवर्क कार्य सम्पादनको आवश्यकता छ ।

२०७८ पुस १३ मंगलबार, बेलुकी ७:२४ बजे२ मिनेट पढाइ

सम्पादकीय । धनुषा जिल्लाको धनुषाधामस्थित रहेको समुदायिक विद्यालयको अवस्था दयनीय बनेको छ । र यसको जिम्मेवार सो विद्यालयको प्रधानाध्यापक राजेन्द्र साह हुन ।
प्रअ राजेन्द्र साहले कुनै बेला चम्केको विद्यालयको अवस्थालाई अति जिर्ण बनाएका छन् । राजनीतिक नियुक्तीमा रहेका प्रअ साहले बालिकाको भविष्यलाई अन्धकार पार्न अग्रसर छन् ।
धनुष जनता उच्च माध्यमिक तथा प्राविधिक विद्यालयमा यस विधालयका अध्यनरत विधार्थीहरु ईन्जिनीयर, डाक्टर, वकिल बनेर विद्यालयको नाम प्रकाशमा ल्याएको सर्वविदितै छ । जुनदिनदेखि प्रधानाध्यापकमा राजेन्द्र साह आए विद्यालयको दिनगन्ती सुरु भयो र सुरु भयो बर्बादी । अहिले सो विद्यालयबाट विद्यार्थीहरु धमाधम नाम कटाएर अन्यत्र जान बाध्य छन् ।
विधालयमा प्राविधिक तर्फ ईलेकट्रीककल इन्जिनियर पढाई निशुल्क हुने सेवा हुँदा उल्टै विधार्थीबाट पैसा उठाएर प्रअ आवश्यकता बमोजिम शिक्षक न दिदा बारम्बार विधार्थी आन्दोलित भएर विधालयको भौतिक सामग्री तोडफोड गर्दै नगरपालिकामा समेत तोडफोड गर्दै आन्दोलित हुँदा पनि राजनीतिक पावर शो अप गर्छन प्रअ राजेन्द्र साह ।
विधालय व्यवस्थापन समितिको म्याद करिब ७ महिना पहिला समाप्द हुँदा पनि ५ औं पटक अभिभावक भेला हुँदा पनि व्यवस्थापन समिती बनाउन नसक्ने असफल प्रधानध्यापकको रुपमा चिनिन थालेका छन् प्रअ राजेन्द्र साह । जब नगरपालिका संग शिक्षा शाखा प्रतिनिधि न बोलाएर अभिवावक भेला गरिन्छ जब निचोड तिर जाने माहुल बन्छ । अनी प्रअ साहले बिना शिक्षा शाखा प्रतिनिधिको मान्यता हुन सक्दैन भन्दै अभिभावकलाई हेलचक्राई मात्र गरेको अभिभावकहरु बताउँछन् ।
आफू मनमौजी अनुकुल काम मात्र गरेको विधालयमा सुधारको वातावरण न बनाएर राजनीति बातावरण बनाउनमा बढीसक्रिय देखिएको एक शिक्षक नाम नखोल्ने शर्तमा बताए । आवश्यकता परे प्रमाण सुरक्षित छ।
बिद्यार्थी आन्दोलित हुँदा पठन पाठन गुणस्तरीय गराउन लागि त सुधारको तर्फ नगएर बिद्यार्थी लाई फकाउन विधार्थीलाई भ्रमणमा पठाएको एक अभिभावक बताइन् ।
बिधालयको पुरानो हरहिसाब लथालिङ्ग हुँदा पनि कुर्सिको लोभमा परेर बिना बर बुझारथको प्रअको जिम्मेवारी उनले सम्हालेका छन् । अहिले त्यसकै कारण अवस्थाहरु बिग्रीदै गएको छ।
हेडमास्टरको क्रियकलाप लापरबाही हेरेर धनुष शान्ती समाजका अध्यक्ष लक्ष्मी साहले यी प्रअले स्कुललाई बरबाद गरिदिएको आरोप लगाए । यदि अब पनि सुध्रेन भने त हामी चुप लागेर बस्दैन । भौतिक कार्वाही देखि हरसम्भव ठेकान लगाउने चेतावनी पनि बारम्बार दिँदै आएको बेला प्रअ साह पनि ईमान्दारीतापूवर्क कार्य सम्पादनको आवश्यकता छ ।
अभिभावक भेलामा राजनीति चढाव उतार तर्फ बढी जान्छ । नियम संवत् बिधालय ब्यवस्थापन समिती चयन गर्ने अभिभावकको दायित्व हो तर, राजनीति कार्यक्रम हुँदा व्यवस्थापन समिती समय फेर्ने बानी परेको देखिन्छ ।
नगरपालिकाले समयमा विधार्थी दाता संकलन गरि बुझाउन भन्दा न बुझाउने बिधालयको अवस्थाको बारे चिठी पठाउँदा कुनै रिस्पोन्स न दिनु उल्टै नगरपालिकामा बिद्यार्थी लाई आन्दोलन गर्न पठाई दिने आरोप पनि हेडमास्टर साहमाथि छ ।
अनुगमनमा जाँदा हेडमास्टरको कमजोरी प्रस्टै देखिएको शिक्षा अधिकृत धिरेन्द्र साह बताउँछन् । कर्मचारीहरु पनि प्रअ साहबाट आजित भएका छन् भने विद्यार्थीहरु स्कूल छाडेर अन्य स्कूलमा टाढा जान बाध्य भएका छन् ।
यस्तो अवस्था सृजना गर्ने प्रधानाध्यापक राजेन्द्र साहलाई सम्बन्धित निकायले कारवाहीको विकल्प छैनन् ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…