मन्त्रीलाई पनि अस्पतालकै आईसोलेशनमा राख
आईसोलेशनको अवस्थाबारे चासो नराख्ने मन्त्री ज्यूलाई पनि सोही आईसोलनमा राख्नु अनुचित हुँदैन ।

२०७७ साउन २३ शुक्रबार, राति ८:४३ बजे२ मिनेट पढाइ
सम्पादकीय | कोरोना भाइरसको सँक्रमण अहिले समुदाय स्तरसम्म पुगिसकेको अवस्था छ । कोरोना भाइरसबाट सँक्रमित हुनेहरुलाई अस्पतालमा बनाएको आईसोलेशनमा राखिन्छ ।
प्रदेश नं. २ को विभिन्न जिल्लामा बनाएको आईसोलेशन, कोभिड अस्थायी अस्पतालहरुमा बनाइएको आईसोलेशनमा राखिन्छ । दिनहुँ अस्पतालभित्र बनाएको आईसोलेशनको अवस्था बारे विभिन्न सँचारमाध्यमहरुमा समाचार सहित आम नागरिकको टिकाटिप्पणी हेर्न मिल्छ ।
प्रदेश सरकारकै रोहबरमा जनकपुरको प्रादेशिक अस्पतालमा बनाइएको आईसोलेशनको अवस्था दुरुस्त छ भने प्रदेश सरकार भन्दै आएको छ । आम नागरिकलाई आईसोलेशनको मापदण्ड विपरित निर्माण गरिएको सो आईसोलेशनमा राखेर झन कमजोर पार्दै आएको सर्वविदितै छ ।
अहिले प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री माननीय ज्ञानेन्द्र कुमार यादव पनि कोरोना भाइरसको सँक्रमण सूचिमा पर्नुभएको छ । निरन्तर आम नागरिकले प्रादेशिक अस्पतालमा बनाइएको आईसोलेशन वार्डको बारेमा जानकारी गराएपनि कुनै चासो नदेखाउने तथा आईसोलेशनको अवस्थाबारे चासो नराख्ने मन्त्री ज्यूलाई पनि सोही आईसोलनमा राख्नु अनुचित हुँदैन ।
कानुमन्त्री यादव एक जनप्रतिनीधि हुन, जनताका सेवक हुन । जब आम नागरिक अस्पतालको सुविधासम्पन्न आईसोलेशनमा बसेर कोरोना जित्छ भने मन्त्री ज्यूले सोही आईसोलेसनमा बस्न कुनै कठिनाई हुनुपर्दैन् । स्वेच्छाले पनि असल जनप्रतिनीधिको हैसियले पनि आम नागरिकलाई राखिने अस्पतालको आईसोलेशनमा बस्नु परम धर्म र कर्तव्य बन्छ ।
मन्त्री ज्यू मात्र होइनन, विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारी सहित प्रदेश स्तरका जनप्रतिनीधि र स्थानीय स्तरका जनप्रतिनीधिलाई उनले नै निर्माण गरेको क्वारेन्टाईन वा आईसोलेशनमा बस्नुपर्छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…