जानकी मन्दिर फूलबारीकोे जग्गा प्रकरणमा व्यापारीबाट मेयर लालकिशोर साह मार्फत रकम लिएर गुपचुप बसेको आरोप, समाचार र सन्दर्भ पनि बितेको धेरै दिन भएको छैन् । महन्त तपेश्वर दासले जानकी मन्दिरको गर्भगृहको चाँदी फेरेको चर्चा पनि भएकै हो ।
उनले गुठी कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, भुमी व्यवस्था तथा सहकारी मन्त्रालय, स्थानीय सरकार, स्थानीय प्रशासनको अनुमति बिनै चाँदी परिवर्तन गरेको पनि धेरै दिन बितेको छैन् । गर्भगृहमा पुजा बाहेक केही गर्नै नहुने कार्यलाई अन्जाम दिएका महन्त रामतपेश्वर दासलाई कारवाहीको नाममा अहिले सम्म कसैले सिन्को भाँचेको छैन् । गर्भगृहको चाँदी फेर्नेमा महन्त रामतपेश्वर दासले अनेकौं फण्डा गरेर कसैलाई जानकारी समेत भएन ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास र रामरोशन दास नातामा मामा र भान्जा पर्ने हुन् । यतिका दिनदेखि मामा र भान्जाको राम्रै मेल पनि थियो । तर अचानक बोली बाणीले छोटे महन्त भनिएका रामरोशन दासलाई लछारपछार गरे ।
वर्षौदेखिको सम्बन्ध एक छिनमै धुमिल भयो । रामतपेश्वर दासको वर्षौदेखि विश्वास पात्र उत्तराधिकारी रामरोशन दासलाई एकछिनमै मन्दिरमा मनमौजी रुपमा मन्दिर चलाएको आरोप लगाए । आफ्नो अनुपस्थितिमा मन्दिर नै कब्जा गर्न खोजेको उनको भनाई वर्षौदेखि कहाँ दबिएको थियो ।
यो विषय र प्रसंग आज यहाँ विशेष रुपमा चर्चा गरिदैछ, आखिर रामतपेश्वर र रामरोशनको विवाद आज किन झांगियो । एउटा प्रश्न उठन सक्छ यतिका दिनदेखि दुवैको मिलोमत्तोमा भईरहेको काम आज किन आएर बिस्फोट पदार्थ जस्तै विष्फोट भए त ? रामरोशनले जानकी नवमीमा केक प्रकरणले चर्चा पाएको नौले कुरा होईन् ।
केक प्रसादको रुपमा चढाईदा रामतपेश्वर दास समेत स्वयंम उपस्थित रहदा आखिर यस्तो भुल कसरी भयो, दोषि रामतपेश्वर वा रामरोशन दास हामी गम्भीर भएर छलफल गर्ने समय आएको छ ।
जनकपुरमा प्रत्येक जातजाती अनुसारको कुटी तथा सरोबर छ ।
जनकपुरको अग्निकुण्ड राजपुतको जातीको कुट्टी थियो । तर, अहिले सो कुटीका महन्त नवलकिशोर शरण दास (यादव) भएका छन् । उनको अग्निकुण्ड कुटीसंग कुनै सरोकार थिएन तर महन्तको मृत्युमा काँध दिएका नवलकिशोर यादव उर्फ नवलशरण दासले त्यहीको बलमा राजपुत कुटीबाट यादव कुटी बनाए ।
उनको किस्सा समेत कम छैन् । अन्य महन्त जस्तै उनले अग्निकुण्डको जग्गा २–३ वर्षको अवधिमा विघौविघा बेचिसकेको भनेर जनकपुरवासीहरुको चियोचर्चो चलेकै हुन, जुन दिन प्रमाणित भए त्यो दिन अतिथि देवो भवः को फर्मूला लागू हुने बेर लाग्दैन ।
जनकपुरको रामानन्द चोक स्थित हनुमन्त दरबारको जग्गामा ४ तल्ले बिल्डिङ्ग तयार होटेल देखि रेडियो सम्म सञ्चालन गरे । तत्कालिन सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादव हुँदा उनकै बलमा प्रेस काउन्सिल नेपाल सदस्य बनेका उनी दोश्रो पटक नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि तत्कालिन गृहमन्त्री हुँदा दोश्रो पटक काउन्सिलको सदस्य भए ।
प्रजातान्त्रिक धारमा रहेर सधै काँग्रेसको कटु आलोचक रहेका यादवले नेपाली काँग्रेसको कोटाबाट प्रेस काउन्सिलको सदस्य हुँदा उनको कटुता हराएर गयो । उनले मिथिलाञ्चल विशेष पत्रिका र मिथिलाञ्चल एफएमको आडमा राजपुत जातको अग्निकुण्ड हत्याउन, जालझेल, षडयन्त्र र हतकण्डा सफल भयो ।
उनी महन्त बने । तर महन्त बनेको केही दिनमै हनुमन्त दरबारको सामुन्ने चारतल्ले विल्डिङ्ग बनाईयो । कुनै बेला पत्रकारिताका बादशाह ‘कौतुक विनोद’ भनिएका नवलकिशोर शरणको पछिल्लो किस्सा महन्थको नाममा झाँगिदै गएको देखिएको छ । समाजिक सँजाल प्रयोगकर्ताहरुले विभिन्न खाले तस्विरहरु समेत पोष्ट गरेको देखिएको छ उनको । यद्यपी, त्यो उनको नीजी जीवन र नीजि मामिला हुन सक्छ ।
पत्रकारिताको आडमा उनले जसरी मन्दिर हडपिए त्यसरी नै आज जानकी मन्दिर वरिपरिको राजनीतिको सुरुवात समेत सोही स्थानबाट हुदैछ भन्नेमा शंका छैन् ।
यी किस्सा पवित्र भुमी जनकपुरको हो ।
यो तपोभमी आज भोगस्थलको रुपमा प्रयोग हुदैछ् । एकले भोग गर्ने अर्कोलाई जिम्मा लगाउने परम्पराले निरन्तरता पाईरहेको छ । अर्थात जनकपुर जस्तो गरिमा बोकेको शहरको नाम आज धुमिल हुदैछ । बचाउने दायित्व कस्ले लिने र किन लिने ? यी यथावत प्रश्नहरु तेर्सिएका छन् ।
हामी जनकपुरधामबासी जसले मन्दिरको जग्गा महन्तको मिलोमत्तोमा मिचाए, एकजातबाट अर्को जातको नाममा कुटी परिवर्तन गरियो, सोही अनुरुप आजको यस जनकपुरको गरिमालाई बचाउन आवश्यक छ ।
तर, यसको लागि को अगाडी आउने प्रश्न त्यहाँ खडा भएको छ । के हाम्रो दायित्व जनकपुर प्रति छैन् । हामी जनकपुरको लागि केही गर्न सक्दैनौं । धुमिल हुदै गएको जनकपुरको गरिमा फर्काउन सक्दैनौं । यी यथावत प्रश्नहरुको भुमरिमा हामी तपाईहरुसंग उत्तर खा्ज्दैछौं, तपाईको दायित्व के ?
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…