प्रमुख समाचारसिरहाको बरियारपट्टीमा महिलाको शव फेला
सिरहा, ३ माघ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा मंगलबार साँझ एक महिलाको शव फेला परेको छ । जानकीनगरस्थित विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव फेला परेको हो । शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
८ वर्ष अगाडि · प्रमुख समाचार










