धनुषामा जेष्ठ नागरिकलाई साहाराको लागि लठ्ठी र गम्छा
विनय कुमार यादव, जनकपुरधाम, ११ पुस । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका जेष्ठ नागरिक (वृद्धवृद्धाहरु) लाई लौरो (लठ्ठी) वितरण गरिएको छ । स्थानीय सरकार अन्तर्गत नगरपालिकाको बोर्डबाट पारित निर्णय गरि प्रत्येक वडामा २० २० जना जेष्ठ नगारिकलाई सम्मान सहित हिडने तथा सहाराको लागि लठ्ठी सहित गमछा पनि वितरण गर

२०७५ पुस ११ बुधबार, बेलुकी ६:३० बजे१ मिनेट पढाइ

विनय कुमार यादव, जनकपुरधाम, ११ पुस । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका जेष्ठ नागरिक (वृद्धवृद्धाहरु) लाई लौरो (लठ्ठी) वितरण गरिएको छ ।
स्थानीय सरकार अन्तर्गत नगरपालिकाको बोर्डबाट पारित निर्णय गरि प्रत्येक वडामा २० २० जना जेष्ठ नगारिकलाई सम्मान सहित हिडने तथा सहाराको लागि लठ्ठी सहित गमछा पनि वितरण गरिएको छ ।
जेष्ठ नागरिक मँचका नगर सँयोजक मिथलाल गिरीको अध्यक्ष्ँतामा सम्पन्न भएको एक समारोहबीच प्रत्येक वडाबाट विपन्न तर्फको जेष्ठ नागरिकलाई बोलाएर लठ्ठी सहित सम्मान गरिएको हो । सो कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले भने वास्तवमा हामी रमाइलो कार्यक्रम शुरु गरेका छौ । एउटा साथी स्वरुप लठी दिए प्रती जेष्ठ नागरिक तर्फबाट अभार व्यक्त गर्न चाहन्छु । म नगरपालिकाका प्रमुख एवम वडाध्यक्षहरुलाई सम्मान गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
नगर अध्यक्ष योगेन्द्र पन्जियारको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उनले भने, वास्तवमा हामीले यो ८० बर्ष भन्दा माथी र लठी को आवश्यकता अनुसार प्रत्येक वडामा २० जना लाई लक्षित गरि वितरण गर्ने यो योजना रहेको छ । हामी यस्तो कार्यक्रम समय समयमा गर्दै रहने बिश्वास छ ।
कार्यक्रममा उपमेयर रचना माथेमा, वडा नं. २ का अध्यक्ष श्याम यादव, ४ का जगदिश यादव, ५ का जिबछ मण्डल, प्रशासकीय अधिकृत इन्द्र देव यादव, व्यापार संघका अध्यक्ष सुरेश यादव , पूर्वअध्यक्ष रामजी सिंह, समाजसेवि इश्वरी प्रसाद पोख्रेल , क्षिरेश्वर जनता उच्च मा बि प्रधानध्यापक कमल पण्डित तथा ४ का वडा सचिव शशि गुप्ता लगायत जेष्ठ नागरिक हरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा नगरपालिकाको वडा नं. ३, ४, ५, ६ र ७ को जेष्ठ नागरिकलाई मात्र वितरण गरिएको छ भने बाँकीका वडाहरुमा अर्को दिन वितरण गर्ने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…