डा. सिके राउत राजनितिमा अनारी नेता हुनः काँग्रेस साँसद यादव

२०८१ पौष २६ शुक्रबार
बिहान ०८:४५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाली कांग्रेसका नेता रामसरोज यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई राजनीति अनाडी रहेको टिप्पणी गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद यादवले प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै राउतलाई राजनीतिमा अनाडी रहेको भनेका छन् । नेता यादवले भने ‘राउतजी राजनीतिमा अनाडी हुनुहुन्छ, अहिले नयाँ नयाँ हुनुहुन्छ अनाडी हुनु स्वभाविकै हो विस्तारै सिक्दै जानु हुन्छ ।’ राउतले सामाजिक संजालमा मधेश सरकारलाई लिएर केही दिन अगाडि गरेको ८ बुँदे टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै प्रदेश सांसद यादवले उनको अभिव्यक्तिको विषयमा जवाफ दिन मुख्यमन्त्री सतीशकुमार सिंहलाई चुनौती दिएका छन् ।

नेता यादवले भने, ‘मुख्यमन्त्रीजीले प्रतिनिधित्व गर्ने दलकै राष्ट्रिय अध्यक्षबाट प्रदेश सरकार र सरकारमा सहभागी दललाई लिएर यस्तो अभिव्यक्ति आएको छ । ’ उनले अघि थप्दैँ भने ‘मुख्यमन्त्रीजी उहाँको भनाइबाट सहमत हुनुहुन्छ वा हुनु हुन्न भन्ने सदनलाई स्पष्ट पार्नु आवश्यक रहेको छ ।’

  • 0%
  • 5%
  • 5%
  • 0%
  • 5%
  • 86%

Why Men rape?

  • २०८१ पौष २६ शुक्रबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus