अब माओवादीको पार्टी फुटछः अध्यक्ष यादव
नयाँ पार्टीको नाम, झण्डा, लोगो एउटै भएको अबस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोली पल्ट पार्टी दर्ता गरेको निर्वाचन आयोगलाई सोध्दा दबाबमा परेको भन्दै सर्वोच्च जान आयोगले नै सुझाब दिएको उनले बताए । उनले पार्टी फुटले सरकारलाई कुनै असर नगर्ने पनि बताए ।

२०८१ बैशाख २८ शुक्रबार, राति ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अब पार्टी फुट्ने पालो नेकपा माओवादी केन्द्रको भएको बताएका छन् ।
रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै यादवले माओवादीले नै आफ्नो पार्टी फुटाएको आरोप लगाउदै अव फुटको शिकार माओवादी नै हुने बताएको हो ।
पार्टी फुटाउने नेताहरुलाई मागेजति दिएर पनि सन्तुष्ट बनाउन नसकेको टिप्पणी गर्दैै उनले उनीहरुको गन्तव्य माओवादी र एमाले नै भएको जिकिर गरे । पार्टी फुटाएको विषयलाई लिएर सर्वोच्चमा न्यायका लागि जाने उनको भनाइ छ ।
नयाँ पार्टीको नाम, झण्डा, लोगो एउटै भएको अबस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोली पल्ट पार्टी दर्ता गरेको निर्वाचन आयोगलाई सोध्दा दबाबमा परेको भन्दै सर्वोच्च जान आयोगले नै सुझाब दिएको उनले बताए । उनले पार्टी फुटले सरकारलाई कुनै असर नगर्ने पनि बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…