देश कालबर्दिवास नगरपालिका र ग्रिनसिफ्ट परिचयोजनाबीच कार्यक्रम सन्चालन गर्ने सहमतीपत्रमा हस्ताक्षर
विगत केही दशकहरूमा प्लास्टिकको खपत उल्लेखनीय रूपमा बढेको छ, जसले प्लास्टिक फोहोर व्यवस्थापनका लागि महत्त्वपूर्ण चुनौतीहरू सिर्जना गरेको छ। नेपालभरका ल्यान्डफिलहरूमा दैनिक करिब ६०० टन प्लाष्टिक फोहोर फालिन्छ जुन प्रतिवर्ष २१९,००० टन हो। त्यसैगरी, नेपालमा प्लास्टिक चुहावट प्रतिवर्ष करिब २०,६०० टन हुने अनुमान छ। यी प्लास्टिकहरू समयको साथ वातावरणमा संचित भएर म्याक्रो र माइक्रो प्लास्टिकमा परिवर्तन हुन्छन् जसले वातावरणमा नकारात्मक प्रभाव पार्छ। त्यसैले प्लाष्टिकको परिक्रमा प्रवर्द्धन गर्न ग्रीनसिफ्ट नेपालले महत्वपूर्ण भूमिका खेल्नेछ ।
२ वर्ष अगाडि · देश काल











