रास्व पार्टीमा कुनै पनि गुट उपगुट छैनःप्रम सल्लाहकार शाह
उनले भने, “सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र शाह बसेपछि गुटको चर्चा अन्त्य भएको छ।” उनले सभापतिको प्रस्तावक स्वयं प्रधानमन्त्री भएपछि यो गुट, उपगुट भन्ने कुरा यही सकिएको बताए। उनले थपे, “पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन।”

२०८३ असार १० बुधबार, राति ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहाकार असिम शाहले पार्टीमा कुनै गुटउपगुट नभएको बताएका छन्।
रास्वपाको महाधिवेशनस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीमा कुनै गुट उपगुट छैन भने।
उनले भने, “सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र शाह बसेपछि गुटको चर्चा अन्त्य भएको छ।” उनले सभापतिको प्रस्तावक स्वयं प्रधानमन्त्री भएपछि यो गुट, उपगुट भन्ने कुरा यही सकिएको बताए। उनले थपे, “पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन।”
संविधान संशोधन कार्यदलको संयोजक रहनुभएका साहले संविधान संशोधन राष्ट्रिय सहमतिअनुसारनै हुने बताए।
उनले भने, “दलको आ–आफ्नो धारणा हुन्छ। बहसपत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ। सय दिनभित्रमा हामीले संविधान संशोधन बहस पत्र तयार गर्छौं।”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…