न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले बजार अनुगमनका नाममा व्यापारीलाई अनावश्यक रूपमा त्रसित बनाएको आरोप लगाएका छन् ।
जनकपुरधाममा मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोग तथा जनकपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको व्यवसायी र मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले सरोकारवाला निकायलाई जानकारी नै नदिई प्रहरी प्रशासनको बलमा व्यापारीमाथि कारबाही र जरिवाना गर्ने गरिएको आरोप लगाए ।
उनले बजार अनुगमन सरोकारवाला निकाय सम्मिलित समितिमार्फत कानुनी प्रक्रिया र स्पष्ट मापदण्डका आधारमा हुनुपर्ने बताए । ‘अनुगमनका नाममा व्यापारीलाई त्रसित बनाउने र जरिवानाका नाममा रकम असुल्ने प्रवृत्ति गलत हो,’ उनले भने ।
व्यवसाय क्षेत्र मन्दीका कारण संकटमा रहेको अवस्थामा सरकारले व्यापारीलाई प्रोत्साहन गर्नुपर्नेमा अनुगमनका नाममा दबाब सिर्जना गर्दा उद्योगी–व्यवसायी पलायन हुने अवस्था आउन सक्ने उनको भनाइ थियो ।
कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले भने बजार अनुगमन नागरिकको स्वास्थ्य र उपभोक्ता हितसँग जोडिएको विषय भएकाले प्रभावकारी बनाउनुपर्ने बताए । तर अनुगमनको नाममा कर तिर्ने व्यवसायीलाई त्रसित बनाउनु उचित नभएको भन्दै उनले कानुनी प्रक्रिया र मापदण्डअनुसार अनुगमन गर्नुपर्नेमा जोड दिए ।
मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा
- २०८३ असोज १४ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी
पूरा पढ्नुहोस्


