ब्यूरो-रिपोर्टरशिक्षा शाखा प्रमुख यादवमाथि लगाईएको आरोप झुठा, आन्दोलनको तुक छैनः मेयर यादव
विगतमा विश्वनाथ यादवलाई शिक्षा शाखामा काम गर्नका लागि हाल आन्दोलन घोषणा गरेका कार्यपालिका सदस्य तथा तत्कालिन शिक्षा संयोजक उमेश कुमार निरालाले नै मिति २०७९–०६–०६ को नगर शिक्षा समितिको निर्णय बमोजिम शाखा प्रमुखको जिम्मेवारीमा विश्वनाथ यादवलाई नियुक्ति दिएको थियो र हाल कर्मचारी नभएकोले निज विश्वनाथ यादवले नै काम काज गर्दै आएको तथा सर्वदलिय संघर्ष समिति शहीदनगर नगरपालिकालाई लगाएको आरोपहरु निराधार, झुट्ठो, कपोकल्पित एवम बनाबटी रहेकोले उक्त विषयवस्तुमा कुनै सत्यता नभएकोले विश्वास नगर्न आग्रह समेत गरेका छन् ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











