शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा
नगर प्रमुख तथा शिक्षा शाखा प्रमुखले शिक्षा ऐन र नियमको पालना नगरेको, शिक्षा विकास तथा समन्वय इकाइ घनुषाको परीपत्रको अवज्ञा गरेको, अख्तियार ढुरूपयोग अनुसन्धानको परिपत्रको अवज्ञा गरेको, शिक्षा समितिको मिति २०७४ माघ १४ गतेको निर्णयको पालना नगरेको, शिक्षक कर्मचारीहरू माथि विवेधकारी निती अवलम्बन गरेको, पदीय ढुरूपयोग गरि शिक्षक र कर्मचारी माथि ढमन गरेको, पदीय मर्याढा विपरीत जातीय सढ्भावलाई खलबलाउने स्टेटस समाजिक संजालमा सम्प्रेसन गरेको, रित नपुरियाई शिक्षकहरूलाई नियम विपरीत सरुवा लगायत अन्य साह्रै ढुःख ढिले कार्य गरेको जस्ता बुँदाहरु राख्दै आन्दोलनको चेतावनी दिएको हो ।

२०८० फागुन ९ बुधबार, बेलुकी ७:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।
शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले उनलाई हटाउनको लागि सर्वदलिय आन्दोलनको घोषणा गरेको हो ।
यादवविरुद्ध सर्वदलिय सँघर्ष समिति गठन गरी उनीविरुद्ध आन्दोलनको घोषणा गरेको हो । समितिले आम नागरिकलाई समेत उनीविरुद्ध आवाज उठाउन आग्रह गरेको जारी गरिएको पर्चामा उल्लेख छ ।
सम्पूर्ण विकासको “शिक्षा नै मुल आधार” रहेतापनि नगर प्रमुखले आफ्नो निजी स्वार्थ पूरा गर्नका लागि शिक्षाक्षेत्रलाई घरासाही बनाउने कार्य गरेको भन्दै विरोधका कार्यक्रमहरु सार्वजनिक गरिएको हो ।
नगर प्रमुख तथा शिक्षा शाखा प्रमुखले शिक्षा ऐन र नियमको पालना नगरेको, शिक्षा विकास तथा समन्वय इकाइ घनुषाको परीपत्रको अवज्ञा गरेको, अख्तियार ढुरूपयोग अनुसन्धानको परिपत्रको अवज्ञा गरेको, शिक्षा समितिको मिति २०७४ माघ १४ गतेको निर्णयको पालना नगरेको, शिक्षक कर्मचारीहरू माथि विवेधकारी निती अवलम्बन गरेको, पदीय ढुरूपयोग गरि शिक्षक र कर्मचारी माथि ढमन गरेको, पदीय मर्याढा विपरीत जातीय सढ्भावलाई खलबलाउने स्टेटस समाजिक संजालमा सम्प्रेसन गरेको, रित नपुरियाई शिक्षकहरूलाई नियम विपरीत सरुवा लगायत अन्य साह्रै ढुःख ढिले कार्य गरेको जस्ता बुँदाहरु राख्दै आन्दोलनको चेतावनी दिएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…