जनकपुरमा अनियन्त्रित कारले ४ जनालाई किच्यो, आरोपित भगाएको भन्दै जिल्ला प्रहरी घेराउ गर्ने तयारी
चारै जना उपचारको लागि काठमान्डौँको ट्रमा सेन्टर, बिएण्डबी अस्पतालमा उपचाररत रहँदा, अवस्था नाजुक रहँदा पनि धनुषा प्रहरीले उच्च पदस्थ नेताको फोनको भरमा आरोपित छाडेको बुझिएको छ । स्थानीयहरुले जिल्ला प्रहरी घेराउ गर्ने, जिल्ला प्रशासन घेराउ गर्ने तयारी गरेको हो ।

२०८० फागुन ८ मंगलबार, दिउँसो १२:१६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक अनियन्त्रित कारले ४ जनालाई किचिएपछि प्रहरी कार्यालय घेराउ गर्ने तयारी गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ कमदचोकदेखि कपिलेश्वर जाने हुलाकी सडक अन्तर्गत गल्लीमा एक भारतीय कारले स्थानीय चार जनालाई कुल्चेपनि प्रहरीले आरोपित छाडेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ गर्ने तयारी गरिएको हो । यो घटना गत आईतबारकै रहेको छ ।
आईतबार दिउँसो करिब २ बजेको समयमा विद्यानगर क्यान्सर अस्पतालभन्दा पूर्वदेखि डाईभर्सन जाने बाटोमा रहेको घाँसेबाली फार्मस्थित अनियन्त्रित कारले चारजनालाई कुल्चेको हो । चारै जनाको अवस्था गम्भिर रहेको छ ।
पानीपुरी बेच्न तयारी रहेको अवस्थामा सोही स्थित डेरा लिई बस्दै आएको केही महिला र पुरुषमाथि कार चढाएको थियो । बच्चा स्याहारको लागि गल्लीमा निस्केकी महिलामाथि समेत कार चढाएको हो ।
घाँसेफार्मको पर्खाललाई भत्काउँदै ४ जनालाई कुल्चेको भारतीय नम्बर प्लेट डिएल ५सिएस ५७६३ नम्बरको चारपाँग्रे कारले सप्तरी बस्ने एक महिलासहित अन्य तीन स्थानीयलाई किचेको हो । खुट्टा, हड्डी भाँचिएर खुट्टा काटनुपर्ने अवस्था रहेको बुझिएको छ ।
यता, प्रहरीले भने घाईतेहरुको नाम समेत सार्वजनिक गरेका छैनन् । भारतीय कार चलाउने नेपाली काँग्रेसका एक नेता रहेको बताईएको छ । धनुषाको विदेह नरपालिका वडा नं. ३ दुहबी गोबराही बस्ने नेपाली काँग्रेसको नेता रहेको बुझिएको छ । नेताकै सो कार रहेको र पावर पहुँचको आडमा उनलाई प्रहरीले तत्कालै छाडिदिएको आरोप स्थानीयहरुको छ ।
चारै जना उपचारको लागि काठमान्डौँको ट्रमा सेन्टर, बिएण्डबी अस्पतालमा उपचाररत रहँदा, अवस्था नाजुक रहँदा पनि धनुषा प्रहरीले उच्च पदस्थ नेताको फोनको भरमा आरोपित छाडेको बुझिएको छ । स्थानीयहरुले जिल्ला प्रहरी घेराउ गर्ने, जिल्ला प्रशासन घेराउ गर्ने तयारी गरेको हो ।
घाईते हुनेहरुमा जनकपुरधाम उपहानगरपालिका वडा नं. ४ बस्ने लीला साह र सुदिना साह बि एण्ड बीमा भर्ना गरिएको छ भने अन्य दुई जना ट्रमा सेन्टरमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…