सम्झौता र कार्यादेश बिना योजना सँचालन गरे भुक्तानी हुदैनः अधिकृत यादव
भर्खरै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका यादवले विभिन्न वडामा वडाध्यक्षहरुले अनुमति, कार्यादेश, सम्झौता बिना नै कार्यक्रम सँचालन गर्ने तरखरमा रहेको तथा केही योजनाहरु पूर्व अनुमति र कार्यादेश विना नै सँचालन गरिसकेको जनाउँदै त्यस्ता भुक्तानी नहुने जनाएको छ ।

२०८० फागुन ८ मंगलबार, दिउँसो ४:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकनन्दिनी गाउँपालिकाका कार्यालय प्रमुख शैलेस यादवले बिना कार्यादेश वा सम्झौताको कुनै पनि योजना सँचालन गरि भुक्तानी दिन बाध्य नहुने बताएका छन् ।
गाउँपालिकाले एक सूचना जारी गर्दै जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्मलाई सम्बोधन गर्दै कार्यादेश वा सम्झौता बिना कुनै पनि कार्यक्रम सँचालन गरिए त्यसको भुक्तानी नदिने अडान कसेका छन् ।
भर्खरै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका यादवले विभिन्न वडामा वडाध्यक्षहरुले अनुमति, कार्यादेश, सम्झौता बिना नै कार्यक्रम सँचालन गर्ने तरखरमा रहेको तथा केही योजनाहरु पूर्व अनुमति र कार्यादेश विना नै सँचालन गरिसकेको जनाउँदै त्यस्ता भुक्तानी नहुने जनाएको छ ।
सूचिकृत योजनाहरुलाई सँचालनको लागि प्रकियागत रुपमा जानको लागि आग्रह समेत अधिकृत यादवले गरेका छन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…