धनौजी गाउँपालिकाले हटाएको स्वास्थ्य शाखा प्रमुख मण्डललाई अदालत गरे स्थापित
गौरीशँकर मण्डलले नियम विपरित कार्य नगरिदिँदा उनलाई धनौजी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुले कार्यपालिकाबाटै निर्णय गरी पदबाट हटाएको आरोप छ ।

२०८० फागुन ९ बुधबार, बिहान ७:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाबाट स्वास्थ्य शाखा प्रमुखबाट हटाईएका कर्मचारी गौरीशँकर मण्डललाई अदालत पुनः स्थापित गर्न अन्तरिम आदेश दिएको छ ।
मण्डललाई स्वास्थ्य शाखा प्रमुखबाट हटाएर उमेर साहलाई स्वास्थ्य शाखा प्रमुख बनाएपछि मण्डलले उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए ।
गत वि.सं. २०८० साल मँसिर २१ गतेको निर्णयबाट सातौँ तहका कर्मचारी गौरीशँकर मण्डललाई हटाएर छैठौँ तहका कर्मचारीलाई स्वास्थ्य शाखा प्रमुख बनाएपछि मण्डलले अदालत गुहारेका थिए ।
गाउँकार्यपालिकाको मँसिर २१ गतेको निर्णय अनुसार उनलाई सो पदबाट हटाएर स्वास्थ्यचौकी पठाएकोमा मण्डलले आफ्नो तह अनुसार पद पाउनुपर्ने भन्दै रिट दायर गरेका थिए । उच्च अदालत जनकपुरले धनोजी गाउँपालिकाको नाममा आदेश जारी गर्दै मण्डललाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीमै कामकाज गर्न दिने भनेको हो ।
माघ १४ गतेको चलानी नम्बर ११६० को रिटको अन्तिम टुँगो नलागेसम्म गौरी शँकर मण्डललाई धनौजी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा कामकाज गर्न दिने अन्तरिम आदेश दिएको हो ।
गौरीशँकर मण्डलले नियम विपरित कार्य नगरिदिँदा उनलाई धनौजी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुले कार्यपालिकाबाटै निर्णय गरी पदबाट हटाएको आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…