धनौजी गाउँपालिकाले हटाएको स्वास्थ्य शाखा प्रमुख मण्डललाई अदालत गरे स्थापित 

२०८० फाल्गुण ९ बुधबार
बिहान ०७:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाबाट स्वास्थ्य शाखा प्रमुखबाट हटाईएका कर्मचारी गौरीशँकर मण्डललाई अदालत पुनः स्थापित गर्न अन्तरिम आदेश दिएको छ । 

मण्डललाई स्वास्थ्य शाखा प्रमुखबाट हटाएर उमेर साहलाई स्वास्थ्य शाखा प्रमुख बनाएपछि मण्डलले उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए । 

गत वि.सं. २०८० साल मँसिर २१ गतेको निर्णयबाट सातौँ तहका कर्मचारी गौरीशँकर मण्डललाई हटाएर छैठौँ तहका कर्मचारीलाई स्वास्थ्य शाखा प्रमुख बनाएपछि मण्डलले अदालत गुहारेका थिए । 

गाउँकार्यपालिकाको मँसिर २१ गतेको निर्णय अनुसार उनलाई सो पदबाट हटाएर स्वास्थ्यचौकी पठाएकोमा मण्डलले आफ्नो तह अनुसार पद पाउनुपर्ने भन्दै रिट दायर गरेका थिए । उच्च अदालत जनकपुरले धनोजी गाउँपालिकाको नाममा आदेश जारी गर्दै मण्डललाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीमै कामकाज गर्न दिने भनेको हो । 

माघ १४ गतेको चलानी नम्बर ११६० को रिटको अन्तिम टुँगो नलागेसम्म गौरी शँकर मण्डललाई धनौजी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा कामकाज गर्न दिने अन्तरिम आदेश दिएको हो । 

गौरीशँकर मण्डलले नियम विपरित कार्य नगरिदिँदा उनलाई धनौजी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुले कार्यपालिकाबाटै निर्णय गरी पदबाट हटाएको आरोप छ । 

  • 14%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८० फाल्गुण ९ बुधबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus