मधेशका मुख्यमन्त्रीलाई पुनः विश्वासको मत, पाए भारी बहुमत 

२०८० फाल्गुण ७ सोमबार
बिहान १०:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले तेस्रो पटक विश्वासको मत पाएका छन् ।

प्रदेश सभाको वैठकमा उपस्थित १०४ जना प्रदेश सभा सदस्य मध्ये ६९ जनाले मुख्यमन्त्रीको पक्षमा र ३५ जनाले विपक्षमा मतदान गरेका छन् । सभामा उपस्थित प्रदेश सभा सदस्य १०४ जना मध्ये बहुमत पाउन मुख्यमन्त्रीलाई ५३ मतको आवश्यक रहेको थियो । प्रदेश सभाबाट दुई पटक सभाको शतप्रतिशत मत पाएका मुख्यमन्त्री यादवले यस पटक मात्र ६९ मत पाएका छन् ।

कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), माओवादी केन्द्र र एकीकृत नेकपा समाजवादी पार्टी , रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी सहितका पार्टीका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्रीको पक्षमा मत दिएका छन् ।

यता, सभामा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री यादवले सरकारले राम्रो काम नगरेपनि नराम्रो काम पनि नगरेको बताए । विश्वास मत लिने क्रममा सभामा उठेका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री यादवले भने,‘ अधिकांश माननीयहरु भन्नुहुन्छ, सरकारले राम्रो काम गरेको छैन । ठिक छ, सरकारले राम्रो काम गरेको छैन भनेर नराम्रो काम पनि त गरेको छैन नि । तर मलाई लाग्छ सरकारले अहिले सम्म जे गरेको राम्रो काम गरेको छ । खराब काम एउटा पनि गरेको छैन र गर्दैन पनि ।’ राष्ट्रिय सभाको निर्वाचन, जनमत सरकारबाट अलग लगायतका कारण विकास निर्माणको कार्य ढिलाइ हुन पुगेको उल्लेख गर्दै उनले भने,‘ यस वर्ष पूरै बजेट खर्च हुन्छ । विगतका वर्षहरु जस्तो हँुदैन । आगामी जेष्ठ मसान्त भित्रै विकास वजेट खर्च हुने हाम्रो लक्ष्य छ ।’ माननीयहरुको योजनाहरु पनि सबै कार्यान्वयन हुन्छ, तपाईहरु ढुक्क हुनुस्, तपाईहरुको योजनाहरु यताउत्ता हुँदैनन, मुख्यमन्त्री यादवले भने ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

पानी फेयाक्ट्रीको केमिकल बाहिर फाल्दा पाँच बिघा खेतको धान्न नष्ट

  • २०८० फाल्गुण ७ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । पानीको फ्याक्ट्रीमा मिसाइएको केमिकल बाहिर फाल्दा महेन्द्रनगरमा पाँच बिघा खेतमा लगाइएको धान नस्ट भएको छ। लोमस फर्मास्युटिकल्स प्राइभेट लिमिटेड फ्याक्ट्रीको लापरबाहीले गर्दा किसानहरुको धान नोक्सान भएको

पूरा पढ्नुहोस्

Bureau Menus