शिक्षा शाखा प्रमुख यादवमाथि लगाईएको आरोप झुठा, आन्दोलनको तुक छैनः मेयर यादव
विगतमा विश्वनाथ यादवलाई शिक्षा शाखामा काम गर्नका लागि हाल आन्दोलन घोषणा गरेका कार्यपालिका सदस्य तथा तत्कालिन शिक्षा संयोजक उमेश कुमार निरालाले नै मिति २०७९–०६–०६ को नगर शिक्षा समितिको निर्णय बमोजिम शाखा प्रमुखको जिम्मेवारीमा विश्वनाथ यादवलाई नियुक्ति दिएको थियो र हाल कर्मचारी नभएकोले निज विश्वनाथ यादवले नै काम काज गर्दै आएको तथा सर्वदलिय संघर्ष समिति शहीदनगर नगरपालिकालाई लगाएको आरोपहरु निराधार, झुट्ठो, कपोकल्पित एवम बनाबटी रहेकोले उक्त विषयवस्तुमा कुनै सत्यता नभएकोले विश्वास नगर्न आग्रह समेत गरेका छन् ।

२०८० फागुन ९ बुधबार, राति ९:४७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवले शहिदनगरको सर्वदलिय सँघर्ष समितिले डाकेको आन्दोलनको तुक नरहेको बताएका छन् ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर यादवले शिक्षा शाखा प्रमुख विश्वनाथ यादवमाथि लगाएको आरोपहरु मिथ्या रहेको दाबी गरेका छन् । वडा नं. ६ का वडाध्यक्ष एवम् शिक्षा समिति सँयोजक समेत रहेका उमेश निरालाले आफैँ विश्वनाथ यादवलाई शिक्षा प्रमुख बनाउँदै आफैँ आन्दोलनमा जानु बेतुका रहेको बताएका छन् ।
शहीदनगर नगरपालिकाको शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई उक्त जिम्गेवारीबाट हटाउनको लागि बिभिन्न सामाजिक सञ्जाल मार्फत टिका टिप्पणी तथा यस शीदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादव समेतको नाम जोडी सामाचार तथा यस शएीदनगर नगरपालिका वडा नम्बर ६ का
वडाध्यक्ष उमेश कुमार निरालाले आफ्नो फेसबुक आईडी मार्फत समेत बिभिन्न आरोप प्रत्यारोप लगाई शिक्षा शाखा प्रमुख विश्वनाथ यादव तथा गगर प्रमुख दिनेश प्रसाद यादवको समेत नाम जोडी पोष्ट गर्ने गरेकोले यस सम्बन्धमा यस नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
नगरपालिकाले सम्पूर्ण नगरवासीलाई प्रदान गर्दै आएको सेवा सुबिधा निर्वाधरुपमा, निष्पकक्षरुपमा दिदै आएको कुरा सम्पूर्ण नगरवासीमा अवगत नै छ । नगरपालिका बाट प्रदान हुने सेवालाई थप प्रभावकारी बनाई प्रदान गर्न नगर प्रमुख हर हमेसा अहोरात्र खटीएको तथा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पटक– पटक विभिन्न छानबिनमा रहेकोले केही काम ढिला हुन गएको दाबी गरिएको छ ।
शिक्षा शाखामा कार्यरत विश्वनाथ यादवलाई आफ्नै विद्यालयमा फिर्ता पठाउनको लागि सर्वदलिय संघर्ष समितिले मिति २०८०–११–१० गते देखी विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेकोले सो विषयलाई समेत शहीदनगर नगरपालिकाले समस्या सामाधानका लागि गम्भिरताका साथ लिएको बताएको हो ।
“अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिपत्र तथा शिक्षा विकास तथा समन्वय इकाइ धनुषा द्धारा प्राप्त पत्रलाई यस नगरपालिकाले सो समयमा कार्यान्वयनमा लाइएको व्यहोरा सम्बन्धित निकाय तथा आम सरोकारवालाहरुलाई अवगत गराउन चाहन्छौ । शिक्षा शाखा प्रमुखको लागि ३ जनालाई सहमति दिए तापनीहाल सम्म सरुवा भई नआएको र शहीदनगर नगरपालिकाले प्रदेश लोक सेवा आयोग तथा सम्बन्धित निकायलाई समेत पत्राचार गरिसकेको तर हालसम्म पनि पदपूर्ति हुन नसकेकोले उक्त समस्याआएको हो ।”– विज्ञप्तिमा उल्लेख छ ।
विगतमा विश्वनाथ यादवलाई शिक्षा शाखामा काम गर्नका लागि हाल आन्दोलन घोषणा गरेका कार्यपालिका सदस्य तथा तत्कालिन शिक्षा संयोजक उमेश कुमार निरालाले नै मिति २०७९–०६–०६ को नगर शिक्षा समितिको निर्णय बमोजिम शाखा प्रमुखको जिम्मेवारीमा विश्वनाथ यादवलाई नियुक्ति दिएको थियो र हाल कर्मचारी नभएकोले निज विश्वनाथ यादवले नै काम काज गर्दै आएको तथा सर्वदलिय संघर्ष समिति शहीदनगर नगरपालिकालाई लगाएको आरोपहरु निराधार, झुट्ठो, कपोकल्पित एवम बनाबटी रहेकोले उक्त विषयवस्तुमा कुनै सत्यता नभएकोले विश्वास नगर्न आग्रह समेत गरेका छन् ।
यता, सर्वदलिय सँघर्ष समितिले विभिन्न आरोप लगाउँदै शिक्षा शाखा प्रमुख यादवलाई हटाउनको लागि नगरस्तरीय आन्दोलनको घोषणा गरेको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…