जनकपुरको राममन्दिर प्राँगनमा ‘जनकपुर साहित्य महोत्सव’ को पाँचौ संस्करण हुँदै
फाउन्डेस्नका अध्यक्ष अमित साहले बताए। तीने दिवसिय महोत्सवको तेस्रो दिन फागुन १२ गते ‘बोल्ने स्वतन्त्रत’, ‘संस्कृतिक सम्बन्धको डोरी’, ‘मौन चित्कार’ र ‘संघीयतास् गलत अभ्यास वा कमजोर परिकल्पना’ जस्ता शिर्षकमा समेत वृहत छलफल हुने फाउन्डेस्नका उपाध्यक्ष आदित्य नेपालले बताए।

२०८० फागुन ८ मंगलबार, दिउँसो ४:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ‘जनकपुर साहित्य महोत्सव’ को पाँचौ संस्करण फागुन १० गतेबाट शुरू हुने भएको छ।
नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको जनकपुर साहित्य महोत्सव १२ फागुनसम्म राम मन्दिर पार्कमा आयोजन हुनेछ ।
तीन दिवसीय महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता १८ वटा ओपन–एयर प्यानल छलफल हुनेछ । जसमा ‘चाहियो रंगशाला’, ‘किताबउपर समिक्षा’, ‘कसरी हुन्छ निर्णयरु’, ‘नव उद्यमी र उद्यमशीलता’, ‘स्वास्थ्य मधेश’, ‘सम्पदा, संस्कार र साहित्य’, ‘शिक्षाको नयाँ आवश्यकता र परिभाषा’, ‘मधेशको श्रम यात्रा’ विषयमा विमर्श हुनेछ।
जनकपुरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवमा हुने सत्रहरूबारे जानकारी गराइएको हो। महोत्सवको उद्घाटन फागुन १० गते दिउँसो २स्३० बजेदेखि राम मन्दिरको पार्कमा हुने फाउन्डेस्नका अध्यक्ष अमित साहले बताए।
तीने दिवसिय महोत्सवको तेस्रो दिन फागुन १२ गते ‘बोल्ने स्वतन्त्रत’, ‘संस्कृतिक सम्बन्धको डोरी’, ‘मौन चित्कार’ र ‘संघीयतास् गलत अभ्यास वा कमजोर परिकल्पना’ जस्ता शिर्षकमा समेत वृहत छलफल हुने फाउन्डेस्नका उपाध्यक्ष आदित्य नेपालले बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…