
न्यूज ब्यूरो, जनकपुरधाम । काठमान्डौँको क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर (CCRC) मा पढने जनकपुरका १७ बर्षिय विद्यार्थीले आर्मिकोन नामक रोबोट बनाएका छन् ।
सिसिआरसी कलेजको कक्षा १२ मा अध्ययनरत धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ सपही बस्ने १७ बर्षिय सुशान्त ठाकुर (लभु) ले कलिलो उमेरमै मोसन (चाल) रेकर्ड गर्न सक्ने रोबोट बनाउन सफल भएका छन् ।
रोबोटिक मेला (एक्सपो) मा सहभागी जनाएका सुशान्तले जित्न समेत सफल भएका छन् । ललितपुरको पुलचोक इन्जिनीयरिँग कलेज हाताभित्र सम्पन्न भएको लोकस २०२४ मा उनले रोबोटिक तर्फ सिसिआरसी कलेजबाट सहभागीता जनाएका थिए । ४५ वटा स्टल रहेको विज्ञान प्रदर्शनीको क्रममा रोबोटिक तर्फ जनकपुरका सुशान्त ठाकुरले प्रथम पुरस्कार भित्र्याउन सफल भए ।
गत माघ १२, १३ र १४ गते गरी तीनदिनसम्म चलेको विज्ञान प्रदर्शनीको क्रममा उनले १४ नम्बर स्टलबाट आर्मिकोन नामक रोबोट प्रदर्शन गरे । नीरिक्षणकर्तालाई उनले कसरी मोसन रेकर्ड गरी कामकाज गर्न सकिने आशय अनुरुप रोबोट तयार पारे । घरबाटै १६ हजार रुपैयाँको लगानीमा आफैँ बनाएको आर्मिकोन रोबोटले गतिविधि, चाल रेकर्ड गरी सोही अनुसार कार्य सम्पादन गर्ने ठाकुरले बताए ।
ठाकुरका अनुसार, मेकानिकल अटोमेसन सतहमा बनाईएको सो रोबोट विभिन्न कार्यको लागि प्रयोग गर्न सकिनेछ । यसलाई झन निखार दिन सकिए प्रविधिको युगमा नयाँ कामको लागि सहज प्रयोग हुने बताए ।
“आर्मीकोचन नामको रिमोट कन्ट्रोल रोबोटिक आर्म (आर्टिक्युलेटेड म्यानिप्युलेटर) सफलतापूर्वक बनाएका छन्। आर्मिकोन रोबोट रिमोट सर्जरी मेसिन, स्पेस एक्सप्लोरेसन डिभाइसको प्रोटोटाइप हो र यसले यसको गतिलाई सम्झन र स्वचालनका लागि लागू हुने गरी एउटै गतिलाई बारम्बार दोहोर्याउन सक्छ।”– उनले भने ।
लोकस विज्ञान प्रदर्शनीको क्रममा सुशान्तले प्रथम पुरस्कार जित्न सफल भएपछि सिसिआरसी कलेजले उनलाई अधिकारिक रुपमा बधाई ज्ञापन गरेको छ । कलेजको अधिकारिक समाजिक सँजाल (फेसबुक) मा उनलाई बधाई दिँदै कलेजको नाम उच्च गरेको भन्दै सम्मानसहित बधाई दिएको हो ।
यस्तै, सोही सिसिआरसीबाटै सुशान्तले अर्को रोबोटिक प्रतियोगिता अन्तर्गत समेत प्रथम पुरस्कार जित्न सफल भएका छन् । काठमान्डौँमै सोमायस नामक सँस्थाले आयोजना गरेको विज्ञान प्रदर्शनीमा समेत सुशान्तले प्रथम स्थान ल्याउन सफल भएका छन् । गत माघ २३, २४ र २५ गते सँचालन भएको प्रतियोगितामा ठाकुरले रोबोटिक तर्फ प्रथम पुरस्कार ल्याए ।
क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर (सिसिआरसी) ले उनलाई रोबोटिक क्षेत्रमा कलेजको नाम उच्च गर्दै क्रान्ती ल्याएको भन्दै बधाई दिएको हो । रोबोटिक क्षेत्रमा कलेजलाई प्रतिनिधित्व गर्दै कलेजको नाममा थप एक तारा थपिएको कलेजका आईटी शाखा प्रमुख राजेन्द्र पोखरेलले बताए ।
लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ सपही बस्ने सुशान्त ठाकुर सत्यनारायण ठाकुर र निमल देवी ठाकुरका एक मात्र छोरा हुन् । जनकपुरको मोनाष्टिकबाट एसईई पढेका सुशान्तले कक्षा १२ काठमान्डौँको बालकुमारीस्थित रहेको सिसिआरसी कलेजमा पढदै आएका छन् ।
रोबोट बनाउनको लागि खर्चेको तीन महिनामा उनले आफ्नी दुई दिदीको सहयोगप्रति आभार प्रकट गरे । तीन महिनाको अन्तरालमा उनकी दुई दिदीले भौतिक र मानसिक रुपमा सघाएको भन्दै उनले अभिभावकत्वप्रति आभार प्रकट गरे ।

सहयोगी आफ्नै दिदीहरुसँग सामुहिक तस्विरमा सुशान्त
मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित
- २०८० फाल्गुण ७ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह
पूरा पढ्नुहोस्