देश कालजसपाको मन्त्रालयमा पनि फुट, दुई पक्षमा बाँडिए दुवै मन्त्री
जसपा नेपाल विभाजन सम्बन्धी बैठकहरुमा कार्की पनि सहभागी रहेको दाबी जसपाका उपमहासचिव प्रदीप यादवले गरेका छन् । ‘वन राज्यमन्त्री कार्की हामीसितको बैठकमा सहभागी थिए’ उनले भने, निर्वाचन आयोगमा उनी पुगेनन् । मन्त्री र राज्यमन्त्री एउटै दलका राखिने चलन रहेको उल्लेख गर्दै कार्की हट्न सक्ने उनले संकेत गरे । यस सम्बन्धमा राज्यमन्त्री कार्कीसित पटक पटक सम्पर्कका लागि गरिएको प्रयास सफल हुन सकेन । उनलाई मन्त्री साहले हटाउन नसकेपनि प्रधानमन्त्रीले नै हटाउने जसपाका एकजना नेताले बताए । कार्की धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादीका नेता एवं पूर्व मन्त्री मात्रिकाप्रसाद यादवलाई पराजित गरेका हुन्
२ वर्ष अगाडि · देश काल











