सिरहाका एसपी आचार्य तानिएपछि च्याते यी दुई घुमुवाको रवाना
सो क्रममा प्रहरी हबल्दार बैजु महतो र अमर यादवको रवाना पत्र च्यात्दै उनीहरुलाई सिरहामै बसेर असुली गर्न सुझाएको बताईन्छ । एसपी आचार्यले दुवैलाई प्याटेन्ट घुमुवाको रुपमा राख्दै जाँदाजाँदै उनीहरुको रवाना पत्र च्यातिदिएको बताइएको छ । एसपी आचार्यले दुवैलाई सिरहामै राखेर रकम असुलीको धन्दा चलाउने तरिका अपनाउन खोजेको बताईएको छ ।

२०८१ बैशाख २४ सोमबार, राति ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाका तत्कालिन एसपी सँतोष आचार्य हेडक्वाटर तानिएपनि उनले उनका मातहतका दुई घुमुवा प्रहरीको रवाना पत्र नै च्यातिदिएका छन् ।
गत बैशाख २१ गते नै रवाना पत्रमा हस्ताक्षर गरी उनीहरुलाई साबिकको दरबन्दीमा पठाउन गृह मन्त्रालयको पत्राचार गरेपनि एसपी आचार्यले उनीहरुलाई रोकिराखेका थिए । मामिला सेट भएपछि सिरहामै बस्ने आस जमाएका एसपी आचार्यले अन्तोअन्त्यसम्म हेडक्वाटर तानिएपछि उनले आफ्ना मातहतका दुई घुमुवाको रवाना पत्र च्यातेर फालिदिएको बुझिएको छ ।
सो क्रममा प्रहरी हबल्दार बैजु महतो र अमर यादवको रवाना पत्र च्यात्दै उनीहरुलाई सिरहामै बसेर असुली गर्न सुझाएको बताईन्छ । एसपी आचार्यले दुवैलाई प्याटेन्ट घुमुवाको रुपमा राख्दै जाँदाजाँदै उनीहरुको रवाना पत्र च्यातिदिएको बताइएको छ । एसपी आचार्यले दुवैलाई सिरहामै राखेर रकम असुलीको धन्दा चलाउने तरिका अपनाउन खोजेको बताईएको छ ।
ज्ञातव्य छ, सिरहाका यी बदनाम घुमुवाहरुलाई गृहमन्त्रालयले साबिकको दरबन्दीमा काज सरुवा गर्न निर्देशन दिसकेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…