सिरहाका वडाध्यक्ष यादवले बालबालिकालाई बाँडे पोसाक
सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको विशेष उपस्थितिमा वडाध्यक्ष, वडा सदस्य, शिक्षा समितिका पदाधिकारीहरुको रोहबरमा पाठयपुस्तक र पोसाक वितरण गरिएको हो ।

२०८१ बैशाख २४ सोमबार, राति ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहास्थित सिरहा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष ईन्द्रजीत कुमार यादवले बालबालिकाहरुलाई पोसाक वितरण गरेका छन् ।
केही दिन अगाडी उनले समुदायिक विद्यालयमा पुगेर बालबालिकाहरुको पोसाक अवस्था देखेपछि विद्यालय परिवारसँग चाँडै नयाँ पोसाकको वाचा गरेका वडाध्यक्ष यादवले आईतबार पोसाक वितरण गरेका हुन् ।
सोही क्रममा वडाध्यक्ष यादवले चालु नयाँ शैक्षिक सत्रको लागि नयाँ पाठयपुस्तक समेत बालबालिकाहरुलाई उपलब्ध गराएको हो । सरकारले दिने पाठ्यपुस्तक समयमै हात हातमा दिएको उनले दाबी गरे ।
सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको विशेष उपस्थितिमा वडाध्यक्ष, वडा सदस्य, शिक्षा समितिका पदाधिकारीहरुको रोहबरमा पाठयपुस्तक र पोसाक वितरण गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…