नेपाल रेल्वे भोलीदेखि तीनदिनको लागि बन्द हुने

२०८१ बैशाख २२ शनिबार
दिउसो ४:१६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको एक मात्र नेपाल रेल्वे भोली आईतबारदेखि तीन दिनको लागि बन्द रहने भएको छ । 

भारतमा हुन लागेको लोकसभाको चुनावलाई मध्यनगर गर्दै भोलीदेखि मँगलबारसम्म जयनगर–जनकपुरधाम–भँगहा रेल्वे सेवा ठप्प हुने भएको छ । 

भारत बिहार राज्यको नेपालसँग रहेको मधुवनी जिल्लाको झँझारपुर संसदीय क्षेत्रमा यही सन् २०२४ मे ७ को लोकसभाको चुनाव हुने भएकोले सुरक्षा दृष्टिकोणले बन्द रहने जनाइएको छ । आज राती १२ बजेदेखि नै मँगलबारसम्म नेपाल भारत सीमा सील हुने भएपछि रेल समेत बन्द हुने भएको छ । 

नेपाल रेल्वे भँगहा, कुर्था, जनकपुरधाम, खजुरी, इनर्वा हुँदै भारतको जयनगरसम्म चल्दै आएकोले ईनर्वापछि आउने भारतको बोर्डर पर्ने भएकोले सीमा सीललाई दृष्टिगत गरी रेल सेवा बन्द हुने भएको हो ।

 

  • 7%
  • 3%
  • 3%
  • 2%
  • 1%
  • 8%

जनकपुरको गँगासागर र धनुषसागर पोखरीको 'हेरिटेज एरिया' खाली गराइने, कहाँ जाला व्यापारीहरु ?

  • २०८१ बैशाख २२ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको  ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ । साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने

पूरा पढ्नुहोस्

Bureau Menus