मटिहानीका आगलागी पीडितहरुलाई यादव युवा संघले चन्दा सँकलन गरी दिए राहत

२०८१ बैशाख २३ आइतबार
रति ९:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर ।  महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं। ६ को जरलहवा बस्तीका अग्निपीडित परिवारहरूलाई राहत वितरण नेपाल यादव युवा संघ द्वारा राहत बितरण गरिएको छ । मनकारी सहयोगी हातहरुबाट समाजिक सँजालबाटै चन्दा संकलन गरी पीडितहरुलाई राहत दिएका हुन् । 

गत बुधबार मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित सार्वजनिक जग्गा (गुठीको जग्गा) मा अवैद्य रुपमा निर्माण गरिएको जरलहवा गाछी बस्तीमा भएको आगलागीमा डेढसय भन्दा बढी घर जलेपछि उनीहरुलाई राहत दिइएको हो ।

आगलागी पीडितहरूका आँशु पुछनको लागि शुक्रबार संघका अध्यक्ष चन्द्र यादव र युवा नेता शुव यादवको नेतृत्वमा आगलागी पीडितहरूलाई राहत सामाग्री वितरणको कार्यक्रम सम्पन्न गरिएको हो । १ सय ४ घरधुरी आगलागी पीडितहरूका प्रत्येक परिवारमा स्टिलको बाटा (कठौति), गिलास, थाल, कचौरा लगायतका राहत सामाग्रीहरू वितरण गरिएको थियो । 

उक्त सामग्रीहरू पीडित व्यक्तिहरूको अनुरोध मै बितरण गरिएको संघ बाट सहयोग गर्न पुगेका अध्यक्ष चन्द्र यादव र युवा नेता शिव यादवले पीडितहरू सँग सल्ला सुझाब लिएर नै पीडितहरूको आग्रहमै उक्त समानहरू बितरण गरिएको चन्द्र यादवले जानकारी दिए । 

महोत्तरीको मटिहानीमा यस अघि नै अन्य संघ संस्थाहरू राहत बितरण गरिसकेको हुनाले हाललाई त्यहाँका आगलागी पीडितहरूलाई प्रसस्त राहत पुगिसकेको हुनाले संघका अध्यक्ष चन्द्र यादव र नेता शिव यादव महोत्तरी बाट सर्लाही आगलागी पीडितहरूलाई राहत सामग्रीहरू बितरण गर्न पुगेका छन्।  

सर्लाहीको विष्णुपुर वस्तीमा समेत आगलागी भएको हुनाले उनीहरू आज त्यहाँ पीडितको आवश्यकता अनुसार राहत बितरण गर्ने छन्। क्रमश, त्यस पछि अन्य आगलागी भएको ठाउँमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

  • २०८१ बैशाख २३ आइतबार
  • ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी

पूरा पढ्नुहोस्

Bureau Menus