न्यूजब्यूरोको प्रभावः सिरहाका एसपी आचार्यका यी घुमुवाहरुको काज सरुवा

२०८१ बैशाख २३ आइतबार
रति ९:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सिरहाका एसपी सँतोष आचार्यका प्याटेन्ट घुमुवा रहेका प्रहरीहरुलाई काज सरुवा गरिएको छ । दरबन्दी रहेका साबिककै स्थानमा उनीहरुलाई पठाएको हो । 

खुलेआम तस्करीको लाईन खोलेर तस्करी गराउन संलग्न रहेका एसपी आचार्य मातहतका घुमुवाहरुलाई गृह मन्त्रालयले काज सरुवा पठाएको हो । उनीहरुलाई काज सरुवा पठाएपछि सिरहाका एसपी आचार्यले निकाय चहार्न थालेका छन् । उनीहरुलाई सिरहामै रोकि राख्न एसपी आचार्यले उच्च निकायमा दौडधुप लगाएको बुझिएको छ ।

गृहमन्त्रलयले सिरहामा निगरानी बढ़ाए सँगै  तस्करीमा संलग्न सिरहाका सीमावर्ती पाँच प्रहरी यूनिटलाई कारवाही भएसँगै तनावमा आएका एसपी आचार्य मातहतका अमर यादव, दुर्गा प्रसाद यादव र बैजु महतोलाई काज सरुवा पठाएको हो।

गृहमन्त्रालयबाटै अमर कुमार यादवलाई काजमा ईलाम खटाइएको छ । घुमुवा दुर्गा यादवलाई उदयपुर दरबन्दीमै पठाएको हो । यस्तै बैजु महतोलाई काजमा धनकुटा पठाइएको हो ।

बैजु महतो, दुर्गा यादव र अमर यादव क्रमशः

गृहमन्त्रालयले देश भरका सादा पोशाकका घुमुवाहरूलाई तत्काल जिम्मेवारीबाट हटाउन निर्देशन जारी गरे सँगै देशभरका घुमुवा प्रहरीहरूलाई तत्काल हटाइयो । तर सिरहाका एसपी आचार्यले भने  त्यस्तो गरेनन। उनले आफ्नो माथिलोका हाकिमलाई छारो हाल्दै  उनी पुरानै  शैलीमा जिल्लाका नामुद बदनाम घुमुवाहरूलाई परिचालन गर्दै गृहको आदेशलाई अवज्ञा गर्दै आएका थिए ।

जिल्लाका बदनाम घुमुवा प्रहरी सहायक निरिक्षक दुर्गा यादवलाई एसपी आचार्यले अवैध उसुली गर्न उनलाई परिचालन गरी उनै मार्फत असुली गर्दै आएका थिए । यादवको काज सरुवा भएपछि उनलाई तनाव भएको छ । 

घुमुवा यादवलाई गत चैत्र २९ गते प्रहरी महानिरीक्षक कुँवरको आदेशमा उनलाई नाटिकीय ढंगले रवाना बुझाए पनि बैशाख २४ गते  सम्मको घर विदा समेत पास गरी उनलाई हाल सिरहामै विभिन्न तस्करहरूबाट अवैध  उसुली गर्न एसपी आचार्यले परिचालन गर्दै आएका थिए ।

उनी सँगै घुमुवाहरू प्रहरी  जवान अमर यादव र प्रहरी जवान बैजु महतोलाई असई दुर्गा यादवको इसारामा अवैध उसुली गर्दै आएको प्रमाणहरु पुगेपछि गृहले उनीहरुलाई काज सरुवा पठाएको हो।

सोही क्रममा एसपी आचार्यमाथि छानबिनको लागि सिरहाबाट एक व्यापारीलाई समेत नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिएर एसपीको घुमुवा, उनको श्रोतहरुको बारेमा जानकारी लिरहेको बुझिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०८१ बैशाख २३ आइतबार

Bureau Menus