खेल / खेलाडीआउँदो चैत्तमा मधेश प्रिमियर लीग हुने, सरकारी स्कूलहरुमा खेलकूद स्वयंसेवक राखिनेछः मन्त्री ई. कुशवाहा
बैठकबाट खेलकूद सम्बन्धी वार्षिक कैलेंडर तैयार गर्ने, सम्पूर्ण खेलहरूको स्थल तथा निर्माण कार्य सम्बन्धी मापदण्ड तैयार गर्ने, खेलकूद स्वयंसेवकहरूको रोस्टर तैयार गरी सामुदायिक बिद्यालयहरूमा प्रशिक्षकको जिम्मेवारी दिन पहल गर्ने, सुर्खेतमा हुने १०औ राष्ट्रिय खेलकूद प्रतियोगितामा सक्रिय सहभागिता गर्ने, मधेश प्रदेशमा ११औ राष्ट्रिय खेलकूद प्रतियोगिता २०८३ फाल्गुनमा संचालन गर्न आवश्यक पहल तथा पुर्वाधार निर्माण कार्य गर्ने र मधेश प्रदेशमा रहेका खेलकूद संघ संस्था दर्ता गर्ने प्रक्रिया शुरू गर्ने निर्णय गरिएको मन्त्री कुशवाहाले जानकारी दिए ।
९ महिना अगाडि · खेल / खेलाडी











