न्यूज ब्यूरो, सिरहा । जिल्ला सिरहाको सीमा क्षेत्र दशगजामा गरिएको नियमित चेकजाँचका क्रममा सशस्त्र प्रहरीले १० लाख रुपैयाँभन्दा बढी नगदसहित एक युवकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपालका अनुसार आज २७ गते दिउँसो करिब १३:३० बजे, सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीस्थित दशगजा क्षेत्र (मुख्य सीमा स्तम्भ नं. २४६) मा भारतबाट नेपालतर्फ आउँदै गरेको एक मोटरसाइकललाई रोकि चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा मोटरसाइकल चालक भगवानपुर गाउँपालिका–३ मरिकटोल निवासी २४ वर्षीय देवनाथ यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख ३ हजार ९ सय ९० रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
नगद रकमसँगै प्रयोगमा रहेको एक थान मोटरसाइकल र एक थान मोबाइल फोन समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका व्यक्ति तथा बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्रमा अवैध रूपमा रकम ओसार–पसार गर्ने गतिविधि नियन्त्रण गर्न सीमा निगरानी थप कडा बनाइएको छ।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८२ पौष २७ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्भाईरल समाचार






