जनकपुरमा मारवाडी युवा मञ्चको तीनदिने कार्यक्रम, मानवसेवा आश्रममा खानादेखि रक्तदानसम्म 

२०८२ पौष २६ शनिबार
बेलुकी ६:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित मारवाडी युवा मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा तीन दिनसम्म विभिन्न सामाजिक तथा युवामुखी कार्यक्रम गरी मारवाडी युवा दिवस मनाएको छ। मञ्चले रक्तदान, मानवसेवा आश्रममा भोजन सेवा तथा मारवाडी युवा भेलालगायतका कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमअन्तर्गत शनिबार जनकपुरधामको जानकी मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९६ जनाले रक्तदान गरेका छन्। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममार्फत आपतकालीन अवस्थामा रगतको अभाव न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको मञ्चले जनाएको छ।

मारवाडी युवा मञ्चका अध्यक्ष राहुल सिंघानियाले रक्तदान कार्यक्रममा स्वस्फूर्त रूपमा सहभागी हुने सबै रक्तदाताप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गरे। “सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता देखिनु हाम्रा लागि प्रेरणादायी छ,” अध्यक्ष सिंघानियाले भने।

स्थापना दिवसकै अवसरमा मञ्चले जनकपुरधामस्थित मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन सेवा पनि उपलब्ध गराएको छ। सामाजिक सेवाको भावनासहित गरिएको उक्त कार्यले असहाय तथा बेसहारा व्यक्तिहरूप्रति मञ्चको प्रतिबद्धता झल्काएको अध्यक्ष सिंघानियाले बताए।

त्यसैगरी, तीनदिने कार्यक्रमको अन्तिम दिन मारवाडी युवा भेलाको आयोजना गरिएको थियो। भेलामा विभिन्न खेलकुद तथा अन्तरक्रियात्मक गतिविधिहरू सञ्चालन गरी युवावर्गको नेतृत्व क्षमता, सहभागिता र आपसी सद्भाव अभिवृद्धि गर्ने प्रयास गरिएको मञ्चले जनाएको छ।

मारवाडी युवा मञ्चले आगामी दिनहरूमा पनि यस्ता सामाजिक, मानवीय र युवामुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरधाममा लायन्स क्लब वन्ताराको निःशुल्क भोजन सेवा निरन्तर, ३६५ दिन फ्री भोजन

  • २०८२ पौष २६ शनिबार

न्यूज ब्युरो, जनकपुरधाम । लायन्स क्लब अफ जनकपुरधाम वन्ताराले सुरु गरेको ३६५ दिन निरन्तर निःशुल्क भोजन सेवा अभियान तेस्रो दिन पनि जारी रहेको छ । आवश्यकतामा रहेका तथा आर्थिक रूपमा कमजोर

पूरा पढ्नुहोस्

Bureau Menus