धनुषाको औरही गाँपामा अन्तर सरुवा नहुँदा बिच्चलीमा कर्मचारी, कार्यपालिकाको निर्णय कागजमै सिमित
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको औरही गाउँपालिकाको कार्यपालिकाबाट विभिन्न निर्णय भएको महिनौ बित्दा समेत लागु हुन नसक्दा सम्बन्धित लाभग्राहीहरु मार्कामा परेका छन् । औरही गाउँपालिकाका वि.सं. २०८० साल चैत्त २१ गतेमा बसेको कार्यपालिका बैठकबाट विभिन्न चारबुँदे निर्णय पारित गरेपनि लागु भने अझै हुन सकेको

२०८२ पुस २५ शुक्रबार, बेलुकी ७:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको औरही गाउँपालिकाको कार्यपालिकाबाट विभिन्न निर्णय भएको महिनौ बित्दा समेत लागु हुन नसक्दा सम्बन्धित लाभग्राहीहरु मार्कामा परेका छन् ।
औरही गाउँपालिकाका वि.सं. २०८० साल चैत्त २१ गतेमा बसेको कार्यपालिका बैठकबाट विभिन्न चारबुँदे निर्णय पारित गरेपनि लागु भने अझै हुन सकेको छैनन् । गाउँपालिकाको कार्यपालिकाबाट निर्णय भएको अन्तर सरुवा निर्णय अझै लागू भएको छैनन् ।
कार्यपालिकाको बहुमतबाट पारित निर्णयमा औरही गाउँपालिका अन्तर्गत रहेको विद्यालयका शिक्षकहरु विच्चलीमा परेका छन् । कार्यपालिकाको गत असोज २५ गते भएको निर्णयबाट समेत अन्तर शिक्षक सरुवा जस्ता निर्णयहरु लागू हुन सकेको छैनन् ।
यस्तै, डस्टर गाडी मर्मत गराउने निर्णय, सम्बन्धित कर्मचारीलाई मात्र सम्बन्धित शाखा दिने निर्णय, देउरी बजारमा प्रहरीचौकी स्थापनाको निर्णयहरु कार्यन्वन हुन सकेका छैनन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…