कृषि/ कृषकनेता यादवद्धारा उन्नत जातका साँढे (सँरहा) सहयोग
मिथिला बिहारी नगरपालिका वडा नं. १ भुतही गाउँमा आयोजित एक कार्यक्रमबीच उन्नत जातको साँढे औपचारिक रूपमा किसानहरूलाई हस्तान्तरण गरिएको हो। उन्नत जातको साँढेबाट स्थानीयस्तरमा गाईको नस्ल सुधार, दूध उत्पादनमा वृद्धि, पशु स्वास्थ्यमा सुधार र दीर्घकालीन रूपमा किसानको आयआर्जन बढ्ने अपेक्षा गरिएको छ। यसले परम्परागत पशुपालनलाई व्यावसायिक र दिगो बनाउने दिशामा सहयोग पुग्ने सहभागीहरूको भनाइ थियो।
९ महिना अगाडि · कृषि/ कृषक










