धनुषामा मलको अभाव, दिनभरी डिलरमा कुरेर भोकै बस्छन किसान
गहुँबाली लगाउने बेला भएकाले युरिया र डीएपी मलको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मुल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमा नाकामा भएको कडाइलगायतका कारण सिरहामा युरिया र डीएपी मलको आभाव हुने गरेको उहाँले बताउनुभयो ।

२०७८ मंसिर २६ आइतबार, बेलुकी ६:१२ बजे४ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका किसान यतिवेला गहुँको बीउ छर्ने बेलामा रायासनिक मल नपाएर समस्यामा परेका छन् । मल नपाउँदा गहुँको उत्पादन न्यून हुने हो की भन्ने चिन्तामा उनीहरु छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१० का किसान रोहित साह नजिकैको डिलरमा मल खरिद गर्न गए तर पाउनु भएन् । दुई दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उहाँ निराश भएर रितो हात घर फर्किनुभयो ।
‘‘गहुँको बीउ छर्ने बेला मल चाहिएपछि डिलर धाउँदासमेत एक बोरा मल पाइएन”, उहाँले भन्नुभयो, ‘‘धानको सिजनमा जसोतसो मल पाइएको थिएँ, अहिले त मल नै पाइएन । डिलरहरु चहार्दाचहार्दै निराश बनेको छु ।” गहुँको बीउ छर्ने बेलामा मल नपाएपछि यसको उत्पादन न्यून हुने चिन्तामा यहाँको किसान रहेको उहाँको भनाइ छ ।
धानबाली भित्र्याएर गहुँ छर्ने तयारीमा रहेका धनुषाको औरही गाउँपालिका–४ का शत्रुधन यादव पनि मल नपाएपछि निराश बन्नु भएको छ ।
‘‘मलका लागि गाउँको डिलरदेखि जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म धाएँ तर मल पाउन सकिन्”, उहाँले भन्नुभयो, ‘‘ कृषि सामग्री कम्पनीको कार्यालयमा जाँदा गाउँको डिलरमा जानु भन्छ, डिलरमा जाँदा मल आएको छैन भन्छन् ।” मल नपाएपछि गहुँबाली लगाउनै समस्या भएको उहाँको भनाइ छ ।
यो समस्या रोहित र शत्रुधनको मात्र होइन, धनुषा र महोत्तरीका अधिकांश किसानको समस्या हो । धानबाली भित्र्याएपछि गहुँबाली लगाउने तयारीमा जुटेका किसान समयमा प्रयाप्त मल नपाएपछि निराश बनेका हुन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…