
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
मंगलबारे, इलाम, १२ पुस : जिल्लामा चौँरीपालन व्यवसाय लोप हुँदै गएको छ । इलाम र पाँचथरको सीमावर्ती तथा भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको सन्दकपुरमा विगत वर्षमा एक सयभन्दा बढी संख्यामा रहेका चौँरीका गोठ हाल करिब दुई दर्जनको हाराहारीमा मात्र रहेका छन् । व्यवसाय लोप हुँदै गए पनि पाँचथर प्राङ्बुङ

२०७४ पुस १२ बुधबार, दिउँसो २:१० बजे१ मिनेट पढाइ
मंगलबारे, इलाम, १२ पुस : जिल्लामा चौँरीपालन व्यवसाय लोप हुँदै गएको छ ।
इलाम र पाँचथरको सीमावर्ती तथा भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको सन्दकपुरमा विगत वर्षमा एक सयभन्दा बढी संख्यामा रहेका चौँरीका गोठ हाल करिब दुई दर्जनको हाराहारीमा मात्र रहेका छन् ।
व्यवसाय लोप हुँदै गए पनि पाँचथर प्राङ्बुङबाट चौँरी व्यवसाय गर्न आउनुभएका नरबहादुर मगर नयाँ तरिकाले चौँरी पाल्न सन्दकपुर आएको बताउनुहुन्छ । “यही पेशा नयाँ तरिकाले गर्न बसाइँ नै सरेर यहाँ आएको हुँ,” उहाँले भन्नुभयो ।
चौँरीको दूधबाट बनेको घिउ र छुर्पी गाई र भैँसीको भन्दा महँगो भएको मगरले बताउनुभयो । पहिला–पहिला भारतको विभिन्न बजारमा बिक्री हुने घिउ र छुर्पी हिजोआज स्वदेशमै बिक्री वितरण हुने गरेको छ । यहाँ घिउ प्रतिकिलो रु ५०० र छुर्पी रु एक हजारमा बिक्री भइरहेको छ ।
छुर्पी अमेरिकासम्म निर्यात हुने गरेको छ । सो क्षेत्रका बासिन्दाको मुख्य पेशा नै चौँरी व्यवसाय हो । पन्ध्रवटा चौँरी पालेका मगर मासिक रु ३० हजारभन्दा बढी आम्दानी हुने गरेको बताउनुहुन्छ ।
चौँरी व्यवसायबाट पर्याप्त आम्दानी हुने गरेको भए पनि यस व्यवसायका विभिन्न चुनौती छन् । सामुदायिक वनमा चरन गर्न नपाइने भएका कारण व्यवसाय गर्न समस्या भएको किसान बताउँछन् । चौँरीलाई आवश्यक दाना र पोषणयुक्त खाना सो क्षेत्रसम्म पु¥याउन निकै कठिनाइ हुने गरेको छ ।
हरेक वर्ष वैशाख १ गते यहाँ चौँरी दिवस मनाइन्छ । लोप हुन लागेको चौँरी व्यवसाय बचाउन सो दिवस किसानका लागि फलदायक बन्दै गएको छ । सडक सुविधा हुन सके सो क्षेत्रको पर्यटन प्रवद्र्धन हुने र उक्त क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार हुने देखिन्छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
बुधबार · द्दितीया
तस्बिर: Toshiro lama / Wikimedia Commons / CC BY-SA 4.0बुधबार · द्दितीया
भाइटीका, किजा पूजा
भाइटीका, दीपावलीको दोस्रो दिनका रूपमा मनाइएको पर्व हो, जसमा दिदीहरूले आफ्ना भाइलाई लामो जीवन र समृद्धिका लागि टीका गर्नुलाई विशेष महत्व दिइन्छ। यो दिन दिदीहरूले भाइलाई मिठाई र माेलाईँ दिने परम्परा अनुसार मनाइन्छ। भाइटीकामा भाइको सुरक्षा र दिदीको माया प्रकट गर्ने एक विशेष अवसरका रूपमा यसलाई मनाइन्छ, जसका कारण यो पर्व भाई-बहिनीको सम्बन्धलाई अझ गाढा बनाउछ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ कार्तिक २५ बुधबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तहरू मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पढाइमा प्रगति हुनाले आत्मविश्वास परिपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…