किसानहरुलाई धानको बीउ
खाद्य संकट निम्तिन सक्नेतर्फ सचेत हुँदै नगरपालिकाले बिउ वितरण सुरू गरेको हो ।
२०७७ जेठ ९ शुक्रबार, राति ९:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको निजगढ नगरपालिकाले नगर भित्रका किसानहरुलाई धानको बिउ वितरण गरेको छ ।
नगरपालिकाले ५० प्रतिशत छुट दिएर अनुदानमा बिउ वितरण गरेको निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले जानकारी दिएका छन ।
किसानहरुलाई राधा ४ र सावित्री जातको धानको बिउ वितरण गरिएको मेयर खनालले बताउनु भयो । नगरपालिकाले बिउ राख्ने समयमा किसानलाई उन्नत जातको धानको बिउ वितरण गरेको हो ।
लकडाउनका कारण देशको अर्थतन्त्रमै असर परिरहेका बेला कृषिमा समेत अवरोध आउँदा खाद्य संकट निम्तिन सक्नेतर्फ सचेत हुँदै नगरपालिकाले बिउ वितरण सुरू गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…