धनुषाको बाबा जनक डेरी उद्योगमा सार्वजनिक सुनुवाई, किसानहरुलाई यन्त्र र अनुदान बारे जानकारी
कृषक, किसान, कर्मचारीहरुलाई मधेश सरकार, केन्द्र सरकारले दिने किसानको अनुदान र उपलब्ध गराउने विभिन्न उपकरणहरुको बारेमा चर्चासहित लागत मूल्यहरुको सन्दर्भमा जानकारी गराइएको सँचालक महतोले जानकारी दिए ।

२०७९ माघ ८ आइतबार, बिहान ९:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ बीरेन्द्रबजारस्थित रहेको बाबा जनक डेरी उद्योगमा सार्वजनिक सुनुवाई गरिएको छ ।
बाबा जनक डेरी उद्योगका सँचालक श्रवण कुमार महतोको अध्यक्षता एवम् गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष श्याम कुमार आलेको प्रमुख आतिथ्यमा शनिबार सार्वजनिक सुनुवाई गरिएको हो ।
सो सार्वजनिक सुनुवाई कार्यक्रममा बाबा जनक डेरी उद्योगका सदस्य, कर्मचारीहरुलाई बजेट, योजना र सरकारी अनुदानबारे जानकारी गराउनुको साथै उपस्थिति लाभान्वित लक्षित किसानहरुलाई डेरी सम्बन्धित उपकरणहरुको बारेमा जानकारी गराइएको थियो ।
कृषक, किसान, कर्मचारीहरुलाई मधेश सरकार, केन्द्र सरकारले दिने किसानको अनुदान र उपलब्ध गराउने विभिन्न उपकरणहरुको बारेमा चर्चासहित लागत मूल्यहरुको सन्दर्भमा जानकारी गराइएको सँचालक महतोले जानकारी दिए ।
सार्वजनिक सुनुवाईमा जनप्रतिनीधि, कृषक, पत्रकार, स्थानीयहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…