देश कालस्वास्थ्य बीमा बोर्डमा अहिले मेरो पुनः नियुक्तीबारे मलाई थाहा छैन, मेरो श्रीमान (मन्त्री)सँग नजोडौँः जुनु श्रेष्ठ
उनले लेखेकी छन्–“स्वास्थ्य बीमा बोर्ड सदस्यमा मेरो नियुक्ति २०८० सालमा भएको हो । २०८० सालमा भएको यो नियुक्ति चार वर्ष अर्थात २०८४ सालसम्मका लागि हो । अहिलेको पुनः नियुक्तिको विषय मेरो जानकारीभन्दा बाहिरको विषय हो । साथै, मैले यसबारे कुनै आधिकारिक जानकारी पाएको छैन् । तसर्थ, अहिलेको नियुक्ति सम्बन्धि आइरहेको खबर भ्रामक हो र त्यसप्रति मेरो खेद छ। यस सम्बन्धि मेरो श्रीमानलाई नजोड्नुहुन म विनम्र आग्रह गर्दछु। ”
६ महिना अगाडि · देश काल








