विद्युत प्राधिकरणका ईन्जिनीयर (हाकिम) दास १ लाख ४० हजार घुसहित रँगेहात पक्राउ
यससँगै दासमाथि थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।

२०८२ चैत २४ मंगलबार, बिहान ११:५९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, राजविराज । नेपाल विद्युत प्राधिकरण, कञ्चनपुर वितरण केन्द्रका प्रमुख (इञ्जिनियर) महेन्द्र कुमार दास घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारी का अनुसार इञ्जिनियर दासलाई रु १,४०,००० (एक लाख चालीस हजार) रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।
प्रहरी तथा आयोगलाइ प्राप्त भएको उजुरीअनुसार दासले चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखिदिने र लाइन छाडिदिने शर्तमा सेवाग्राहीसँग घुस मागेको आरोप छ । उजुरी पर्नासँगै अख्तियार इटहरी कार्यालयका टोली सोमबार हनुमाननगर कंकालिनी–१, सप्तरी बाट उनलाई पक्राउ गरेको बताइएको छ ।
यससँगै दासमाथि थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…