जलेश्वरमा भयानक दुर्घटना, मोसा ठोक्किएर आगो, तीन युवकको जलेर घटनास्थलमै मृत्यू !

२०८२ चैत २४ मंगलबार
दिउसो १:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर क्षेत्र मानिने जलेश्वरस्थित दुई मोटरसाईक ठोक्किएर आगो लाग्दा तीन युवकको जलेर मृत्यू भएको छ । 

महोत्तरीको सदरमुकाम जलेश्वरस्थित रहेको बखरी पूलबाट बलवा तर्फ जाने बाटोमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदाँ दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले जनाएको छ । सो दुर्घटनामा परी तीन युवकको जलेर मृत्यू भएको हो । 

जलेश्वर बखरी पूलदेखि बलबा जाने क्रममा करिब ११ः३० बजेको समयमा अत्यधिक स्पीडमा रहेको मोटरसाईकल ठोक्किएको प्रत्यक्षदर्शीहरुले जनाएको छ । 

मो्टरसाईकल ठोक्किएपछि मोटरसाईकलमा आगो लाग्दा गम्भिर घाईते उनीहरुको सडकमै जलेर मृत्यू भएको हो । तीन युवक एउटै मोटरसाईकलमा रहेको र उनीहरु परीक्षार्थी रहेको हुन सक्ने प्रत्यदर्शीहरुले जनाएको छ । 

उनीहरुको जलेर मृत्यू भईसकेको छ । केही बेरमा गएको जलेश्वरको बारुण यन्त्रणले आगो नियन्त्रणमा लिएपनि तीनै जनाको ज्यान गईसकेको छ । उनीहरुको पहिचान अहिले खुलेको छैन भन्े विस्तृत आउन बाँकी छ । 

  • 2%
  • 2%
  • 0%
  • 0%
  • 96%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८२ चैत २४ मंगलबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus