८५ हजार रुपैयाँ घुससहित तीन कर्मचारी पक्राउ
आयोगले जनाएको अनुसार उनीहरूले विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै रु। ८५ हजार घुस लिएको अवस्थामा पक्राउ गरिएको हो। आयोगको टंगालबाट खटिएको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट नियन्त्रणमा लिएको छ भने इटहरी कार्यालयबाट खटिएको टोलीले कार्की र श्रेष्ठलाई क्रमशः धनकुटा र भोजपुरबाट पक्राउ गरेको हो।

२०८२ चैत २३ सोमबार, राति ९:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले घुस लिएको आरोपमा सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठले भोजपुर जिल्लास्थित विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा कारबाही गरिएको हो।
आयोगले जनाएको अनुसार उनीहरूले विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै रु। ८५ हजार घुस लिएको अवस्थामा पक्राउ गरिएको हो। आयोगको टंगालबाट खटिएको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट नियन्त्रणमा लिएको छ भने इटहरी कार्यालयबाट खटिएको टोलीले कार्की र श्रेष्ठलाई क्रमशः धनकुटा र भोजपुरबाट पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूबाट उक्त घुस रकमसहित तीन थान मोबाइल र अन्य आवश्यक कागजात बरामद गरिएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…