गोलबजार एक्सपो–२०७६ सम्पन्न, मन्त्रीद्धारा 'आरम्भ'को प्रशंसा
विभिन्न विद्यालबाट सहभागी टिमद्धारा तयार पारिएको प्रोजेक्टहरुलाई मुल्यांकन गरी क्रमशः विजेता घोषित गरिएको हो ।

२०७६ कार्तिक २४ आइतबार, बिहान १०:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजारमा आयोजित दुईदिने ‘गोलबजार एक्सपो–२०७६’ भव्यतापूर्वक समापन भएको छ ।
सैद्धान्तिक शिक्षालाई व्यवहारिक शिक्षासँग जोड्ने र विद्यार्थीमा लुकेका प्रतिभा प्रस्टफुटनको उद्देश्यसहित आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारले आयोजना गरेको दुईदिने एक्सपो शनिबार सम्पन्न भएको हो । सिरहा जिल्लामै फरक र नयाँ ढंगले आयोजना गरिएको एक्सपोमा जिल्लाका विभिन्न ठाउँका विद्यालयबाट विद्यार्थीहरु सहभागी भएका थिए ।
सहभागी विद्यार्थीहरुले आफूभित्र रहेका कलालाई विभिन्न माध्यमबाट निखारे । कार्यक्रमको पहिलो दिन शुक्रबार सहभागी विद्यार्थीहरुद्धारा विज्ञान, वातावरण, समाजिक र कला गरी चार संकायका प्रदर्शनी भयो भने दोश्रो दिन शनिबार मधेशको पौराणिक जाटजटिन, झिझिया, समाचकेवा लगायत अन्य विभिन्न भाषा र संस्कृतिका लोकनाच प्रस्तुत गरिएको थियो ।

एक्सपोमा सहभागीद्धारा सृजित तथा प्रदर्शनी कार्यको आधारमा आयोजकले मूल्यांकन गरी क्रमशः विजेता घोषणा गरेका छन् । एक्सपोको प्रथम पुरस्कार मिर्चैयाको ह्वाईट हाउस ईंगलिश बोर्डिङ स्कूलले कब्जा गर्न सफल भएको छ । यस्तै, सागरमाथा उमावि मिर्चैया दाश्रो भएको छ भने बुढानिल्कण्ठ स्कूल गोलबजार र बेबी एञ्जल स्कूल लहान तेश्रो विजेता बनेका छन् । यसैगरी, एक्सपोमा बेस्ट प्रेजेन्टेशन अवार्ड लहानको प्यारागन पब्लिक स्कूलले पाएको छ ।
विभिन्न विद्यालबाट सहभागी टिमद्धारा तयार पारिएको प्रोजेक्टहरुलाई मुल्यांकन गरी क्रमशः विजेता घोषित गरिएको आयोजक क्लबका अध्यक्ष रामकुमार यादवले जानकारी दिए । एक्सपोमा सिरहा जिल्लाभरीबाट २० बढी विद्यालयले सहभागिता जनाएको थियो ।

शुक्रबारदेखि संचालन भएको एक्सपोको उद्घाटन नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराज मणि पोखरेलले गरेको थिए । उद्घाटन सत्रमा प्रतिनिधिसभा सांसद लिलानाथ श्रेष्ठ, नेकपाका नेता एवं पूर्वमंत्री विश्वनाथ साह, प्रदेश सांसद रामकुमार यादव, गोलबजारका नगरप्रमुख देवनाथ साह लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । शिक्षामन्त्री पोखरेलसहित सबैले आयोजक आरम्भ साईन्स एण्ड कल्चर क्लबले गरेको प्रयास र गर्दै आएको कार्यको खुलेरै प्रशंसा गरेका थिए ।
क्लबलाई एक्सपो आयोजना गर्न गोलबजार नगरपालिकाले सहयोग गरेको थियो । समाजको पौराणिक कला र संस्कृतिलाई संरक्षणसहित समाजिक रुपान्तरणको मूल एजेन्डा लिएर सक्रिय यस क्लबले निरन्तर रुपमा विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।
आरम्भ साईन्स एण्ड कल्चर क्लबले विभिन्न समयमा गरेका कार्यको समाचार सामाग्री :
आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारद्धारा महिनावारी सरसफाई अभियान, सहभागिताको अपिल
आरम्भ साईन्सद्धारा महिलाहरूलाई महिनावारी सरसफाई सम्बन्धी तालिम र प्याड वितरण
'आरम्भ' को अर्को कदम : जर्जर अवस्थामा रहेको विद्यालयलाई जिल्लाकै नमूना बनाउने
गोलबजारमा पुस्तकालय स्थापना हुँदै, स्थापनाको अवसरमा २ दिन विद्यार्थी मेला
गोलबजारमा पुस्तकालय स्थापना गर्दै सुरु भयो २ दिने ‘शैक्षिक मेला’
गोलबजारमा २ दिने शैक्षिक मेला सम्पन्न, २० जनालाई छात्रवृत्ति
सिरहा : गोलबजारमा राष्ट्रिय स्तरको 'एक्सपो' हुँदै, शिक्षामन्त्रीले उद्घाटन गर्ने
शिक्षामा परिवर्तनको लागि सबैको सहकार्य जरुरी छ : शिक्षामन्त्री पोखरेल

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…