न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले भन्सार छली ल्याइएको ८ लाख ८५ हजार रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामानसहित एक ई–रिक्सा र चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज दिउँसो करिब २ बजे जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बसपार्कमा खटिएको प्रहरी टोलीले महोत्तरीबाट जनकपुरतर्फ आउँदै गरेको प्र.०३–००२–प–१२२२ नम्बरको यात्रुबाहक ई–रिक्सा रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा चालक र यात्रु बस्ने सिटमुनि लुकाउने ठाउँ बनाएर ल्याइएका एयरपड्स प्रो २०० थान, स्मार्टवाच १०० थान, न्यू ओजी ग्लास १०० थान र इयरफोन २० प्याकेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद सामानमध्ये एयरपड्स प्रोको मूल्य २ लाख, स्मार्टवाचको ८० हजार, न्यू ओजी ग्लासको ५५ हजार र इयरफोनको १ लाख ५० हजार रुपैयाँ अनुमान गरिएको छ । सामान ओसार्न प्रयोग गरिएको ई–रिक्साको मूल्य ४ लाख रुपैयाँ कायम गरिएको छ । बरामद सबै सामान र ई–रिक्साको कुल अनुमानित मूल्य ८ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
ई–रिक्साका चालक महोत्तरीको जलेश्वर नगरपालिका–२ निवासी करिब १८ वर्षीय रवि कुमार ठाकुरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले चालक, ई–रिक्सा र बरामद सामानलाई आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको जानकारी दिएका छन् ।
जनकपुरको 'जानकी पथ' को नाम ‘रहिम पथ’ लेख्न थालेपछि समाजिक सँजालमा विरोध
- २०८३ असोज २४ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको जानकी पथलाई ‘रहिम पथ’ नामले उल्लेख गरिएको विषयले सडकको नामकरण र धार्मिक नगरीको पहिचानबारे प्रश्न उठाएको छ । ईतिहासदेखि जानकी पथका रूपमा चिनिँदै आएको सडकको नाम
पूरा पढ्नुहोस्








