जनकपुरका विद्यार्थी साहलाई ललितपुरको गोदावरी नगरपालिकाद्धारा सम्मान तथा पुरस्कार 

२०८२ पौष १६ बुधबार
रति ८:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका विद्यार्थी गौरव कुमार साहलाई ललितपुरको गोदावरी नगरपालिकाले सम्मान गरेको छ । 

शिक्षा दिवस २०८२ को अवसरमा आयोजित एक समारोहबीच साहलार्ई सम्मान गरेको हो । उनलाई नगद रु. १० हजारसहित सम्मान गरिएको हो । 

“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साँझेदारी र प्रणालीगत साक्षरता” भन्ने मूलनाराको साथ ललितपुरको गोदावरी नगरपालिकाले आयोजना गरेको शिक्षा दिवस २०८२ को सँस्थागत विद्यालयमध्ये सेन्ट जेभियर्सबाट उनलाई सर्वोत्कृष्ट नतिजा ल्याएको भन्दै सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ । 

नगर प्रमुख गर्जेन्द्र महर्जन तथा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले सँयुक्त रुपमा साहलाई सम्मान गरेको हो । 

बुधबार आयोजना गरिएको विद्यार्थी तथा शिक्षक सम्मान कार्यक्रममा  उतीर्ण गरेका साहलाई सम्मान गरेको हो । साह अहिले पुलचोकबाट इन्जिनीयरिँगमा नाम निकालेर पढीरहेको उनका बुवा प्रदीप साहले जानकारी दिए । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा

  • २०८२ पौष १६ बुधबार

न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् ।  आईतबार जसपा

पूरा पढ्नुहोस्

Bureau Menus