सशस्त्र प्रहरीका एसपी गैरेको ज्यादतीः व्यापारीको वैध मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाइयो
यस घटनाले नेपालमा कानून कार्यान्वयनमा रहेको असमानता र मनपरीको सवाललाई फेरि सतहमा ल्याएको छ। व्यापारीहरूले सरकारले यस्ता ज्यादतीको यथाशीघ्र छानबिन गरेर उचित कारबाही गर्नुपर्ने माग गरेका छन्।

२०८१ असोज १५ मंगलबार, बिहान १०:४८ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरी बलका एसपी शिव गैरेमाथि स्थानीय व्यापारी बालाराम यादवले ज्यादतीको गम्भीर आरोप लगाएका छन्। यादवका अनुसार, दशैंको अवसर लक्षित गरी सिरहा नगरपालिका-१७ माड़रस्थित आफ्नै पसलमा बिक्रीका लागि ल्याइरहेको ९८ कार्टुन मदिरा (गौरव ब्रान्ड) सशस्त्र प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको छ।
घटना अनुसार, सिरहा नगरपालिका वडा नम्बर २१ लगड़ीमा पसलको लागि मदिरा भन्डारण गर्न लैजाँदै गर्दा, सडक बाढीका कारण भत्किएको थियो। व्यापारी यादवका अनुसार, आफुहरुले मदिरा टाउकोमा बोकेर भत्किएको सडक पार गरिरहेका थिए, त्यत्तिकैमा एसपी गैरेको कमाण्डमा सशस्त्र प्रहरीको टोली आएर मदिरा नियन्त्रणमा लिएर तत्काल भन्सार बुझाइयो।
यादवले भने, “बाढ़ीका कारण सिरहा नगरपालीका १५ सुखचैना हुँदै लगड़ी सम्म जाने बाटोको विचमा मैनाबत्ती खोलामा आएको बढ़िले सड़क भत्काएको थियो। मदिराको बोरामा हालेर भत्काएको सड़क विच बग्दै गरेको पानी हुँदै टाउकोमा बोकेर मदिरा लैजादै थियौ। हाम्रो साथमा सबै वैध बिल र बिजक थिए। ती कागजात स्थलमै देखाउँदा पनि एसपी गैरेले नमानेर मदिरा जबरजस्ती भन्सार बुझाए।” आफुहरु माथि ठूलो अन्याय गरेको उनको भनाई छ।
यता, सशस्त्र प्रहरी बल हेडक्वार्टर नम्बर ७ गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) शिव गैरेका अनुसार, मदिराको बिल बिजक तत्काल आफूलाई नदेखाउँदा उक्त मदिरा तत्काल नियत्रणमा लिएर भन्सार बुझाईएको हो । जुनसुकै समान सहित तत्काल बिल बिजक नहुँदा सो समान अवैध हुने गरेको उनको भनाई छ। त्यस्ता माल समान तत्काल नियन्त्रणमा लिएर भन्सार बुझाईन्छ, उनको दावी छ।
भन्सार ऐनको उल्लङ्घन र सशस्त्र प्रहरी बलको शक्ति दुरुपयोग
घटनामा भन्सार ऐन, २०६४ को प्रावधान स्पष्ट उल्लङ्घन भएको देखिन्छ। यस ऐन अनुसार, जब व्यापारीसँग वैध बिल र बिजक छ भने कुनै पनि सामान नियन्त्रणमा लिने वा भन्सार दाखिला गर्ने आवश्यकता हुँदैन। यादवका अनुसार, उनले स्थलमै सबै कागजात देखाएका थिए, तर एसपी गैरेले त्यसलाई बेवास्ता गर्दै मदिरा नियन्त्रणमा लिएको आरोप लगाइएको छ। भन्सार ऐनको दफा ५२ (१) ले भन्छ कि कुनै पनि वैध वस्तुलाई बिना कारण नियन्त्रणमा लिनु कानूनी उल्लङ्घन हो।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…