गोलबजारमा २ दिने शैक्षिक मेला सम्पन्न, २० जनालाई छात्रवृत्ति 

यस प्रयासबाट शिक्षित समाज निर्माणको संकल्प पुरा हुने शंकेत ।

२०७५ माघ ६ आइतबार
दिउसो १२:४७ बजे

न्यूज ब्यूरो, ०६ माघ । सिरहाको गोलबजार नगरपालिकाको इतिहासमै प्रथम पटक आयोजित २ दिने ‘बृहत्त शैक्षिक मेला’ सम्पन्न भएको छ । शिक्षित समाज निर्माण गर्ने उद्देश्यले शैक्षिक वातारण बनाउन आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारले गोलबजार नगरपालिका–३ जम्दहमा आयोजना गरेको भव्य शैक्षिक मेला शनिबार सम्मन्न भएको हो । 

 

क्लबले जम्दहमा १५ लाखबढीको लागतमा स्थापना गरेको पुस्तकालयको समुद्घाटनको अवसर पारेर २ दिने ‘बृहत्त शैक्षिक मेला’ को आयोजना गरेको थियो । मेलामा हाजिरी जवाफ प्रतियोगिता, रँगोली प्रदर्शनी, डकुमेन्ट्री प्रेजेन्टेशनसँगै सांस्कृतिक कार्यक्रमको समेत आयोजन गरिएको थियो ।

 

 

प्रतियोगितात्मक कार्यक्रममा विजेता २० जना विद्याथीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । विजेताहरुका लागि काठमाडौंको ब्लूबर्ड एजुकेशन नेटवर्क, स्काई ईन्स्टिच्युट र बिराटनगरको ग्रिन ल्याण्ड कलेजले छात्रवृत्तिको व्यवस्था मिलाएको थियो ।  त्यसैगरी, गोलबजारका आरडिएस ईन्सटिच्युट, आईबिएम कम्प्यूटर ईन्सटिच्युट र सागर ईटा उद्योगले समेत सहयोग गरेको थियो । आयोजकले सबै सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेको छ । 

 

हाजिरी जवाफ प्रतियोगितामा गोलबजारका बुढानिलकण्ठ मावि प्रथम भएका छन् भने मिर्चैयाका पोलर स्टार ईंगलिस बोर्डिङ स्कूल द्वितिय र मिर्चैयाकै ह्वाईट हाउस ईंगलिस बोर्डिङ स्कूल तृत्तिय भएका छन् । त्यसैगरी, +२ क्विजको विजेता सरस्वती मावि जम्दह बनेका छन् । 

 

त्यस्तै, डकुमेन्ट्री प्रेजेन्टेशन तर्फ मिर्चैयाका ह्वाईट हाउस ईंगलिस बोर्डिङ स्कूल विजयी भएको छ भने रंगोलि तर्फ जनता टेक्निकल मावि गोलबजारले बाजी मारेको छ ।

 

क्लबले ‘परिवर्तनका लागि शिक्षा, शिक्षाका लागि पुस्तकालय’ भन्ने मुल नाराका साथ शुक्रवार स्थापना गरेको पुस्तकालयको उद्घाटन गोलबजारका नगरप्रमुख देवनाथ साहबाट गरिएको थियो । पुस्तकालयमा सम्पूर्ण विद्याका पुस्तकहरु उपलब्ध रहेको आरम्भ साईन्स एण्ड कल्चर क्लबका अध्यक्ष रामकुमार यादवले जानकारी दिए ।

 

 

पुस्तकालयका लागि क्लबका सदस्यहरुले आफू अध्ययनरत काठमाडौं, धरान, विराटनगर लगायतका ठाउँहरुबाट पुस्तक संकलन नै गरेर ल्याएका छन् । युवाहरुको यो प्रशंसनीय कदम भएको भन्दै सबैले प्रशंसा गरेका थिए ।

 

कार्यक्रम उद्घाटन सत्रमा सम्बोधन गर्दै जिल्ला शिक्षा अधिकारीले क्लबको यस प्रयासबाट शिक्षित समाज निर्माणको संकल्प पुरा हुने शंकेत देखिएको बताएका थिए ।

 

आरम्भ साईन्स एण्ड कल्चर क्लबले स्थापनाको छोटो समयमै विभिन्न उदाहरणीय कार्यहरु गरिसकेको छ भने समाज परिवर्तनका लागि आफ्नो अभियान निरन्तर जारी राख्ने प्रतिवद्धता जाहेर गरेको छ । 

 

क्लबले सहयोगी सबैसँग आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्दै सबैलाई धन्यवाद ज्ञापन गरेको छ । 

 

यस सम्बन्धी अन्य समाचारहरु पनि पढ्नुहोस् ।

गोलबजारमा पुस्तकालय स्थापना गर्दै सुरु भयो २ दिने ‘शैक्षिक मेला’
  गोलबजारमा पुस्तकालय स्थापना हुँदै, स्थापनाको अवसरमा २ दिन विद्यार्थी मेला

आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारद्धारा महिनावारी सरसफाई अभियान, सहभागिताको अपिल

आरम्भ साईन्सद्धारा महिलाहरूलाई महिनावारी सरसफाई सम्बन्धी तालिम र प्याड वितरण 

 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७५ माघ ६ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus