Close This

शहिदनगरमा किशोर सञ्जालको १० बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

२०८२ भदौ १७ मंगलबार
बिहान ०९:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम। राष्ट्रिय किशोर सञ्जाल नेपालले बालबालिका र किशोर–किशोरीसम्बन्धी १० बुँदे ध्यानाकर्षण पत्र शहिदनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ। केन्द्रीय समिति सदस्य राजन दासले नगरपालिकाकी उप–प्रमुख सुनिता सिंहलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

उक्त पत्रमा बालबालिकाको अधिकार, शिक्षा, स्वास्थ्य, बालविवाह नियन्त्रण, लैङ्गिक हिंसा निवारण, मानसिक स्वास्थ्य, क्षमता अभिवृद्धि लगायतका विषयमा स्थानीय तहले प्रभावकारी नीति तथा कार्यक्रम बनाउनुपर्ने माग गरिएको छ। साथै बालबालिकालाई नागरिक अधिकारको सम्मानसहित अवसर उपलब्ध गराउनुपर्ने, सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्ने र लैङ्गिक समानतामा आधारित कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिइएको छ।

पत्र बुझ्दै दासले बालबालिका र किशोर–किशोरीलाई “राष्ट्रिय गौरवका रूपमा लिनुपर्ने र उनीहरूको सक्रिय सहभागिता विना सामाजिक रूपान्तरण सम्भव छैन” भन्दै नगरपालिकाले प्राथमिकता दिनुपर्नेमा जोड दिए।

उप–प्रमुख सिंहले किशोर सञ्जालको मागलाई स्वागत गर्दै नगरपालिकाले बालबालिका तथा किशोर–किशोरीका पक्षमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

ध्यानाकर्षण पत्रमा रहेका १० बुँदामा बालबालिकाको संरक्षण र सहभागितामा लगानी गर्ने, हरेक तहमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, कम उमेरको विवाह र जबरजस्ती विवाह निर्मूलन गर्ने, लैङ्गिक हिंसा तथा मानसिक स्वास्थ्य सेवामा सुधार ल्याउने, बालबालिकाको नागरिक अधिकारलाई कार्यान्वयन गर्ने, उद्यमशीलता र सीप विकासमा जोड दिने, सामाजिक सञ्जालमा हुने दुव्र्यवहार तथा साइबर अपराधबाट सुरक्षा गर्ने र जलवायु परिवर्तनजन्य जोखिम न्युनीकरणका लागि स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने उल्लेख छ।

चौथो राष्ट्रिय बाल सहभागिता दिवस २०८२ तथा अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा आयोजित तीन दिने छलफल कार्यक्रमको निष्कर्षकापछि ध्यानाकर्षण पत्र बुझाएको हो । कार्यक्रम राष्ट्रिय किशोरी सञ्जाल नेपाल र राष्ट्रिय किशोर सञ्जाल नेपालको संयुक्त आयोजना तथा सिविन–नेपालको समन्वयमा सम्पन्न भएको थियो।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

ब्रम्हर्षी समाजको नयाँ कार्यसमिति सर्वसम्मत, अध्यक्षमा ठाकुर चयन

  • २०८२ भदौ १७ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । ब्रम्हर्षी समाजको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । समाजको अध्यक्षमा दीपेन्द्र कुमार ठाकुर चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गोविन्द राय चन्दन र शत्रुध्न

पूरा पढ्नुहोस्

Bureau Menus