न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा २४ वर्षीय आमिन साफीको हत्या प्रकरणमा आरोपी मोहम्मद इर्साद खान उर्फ गुण्डासहित तीनजनाविरुद्ध जाहेरी दर्ता भएको छ ।
आरोपी इर्सादका बुबा समिम खान र आमा सैमुन खातुनविरुद्ध समेत कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको हो । जाहेरीमा तीनै जनालाई विपक्षी बनाइएको छ ।
गत बिहीबार साँझ जनकपुरधाम उपमहानगरपालिका–५ स्थित जानकी मन्दिरनजिक जानकी पथमा छुरा प्रहारबाट आमिनको मृत्यु भएको थियो । सोही घटनामा २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा २२ वर्षीय मोहम्मद इर्साद खान (गुण्डा) पक्राउ परिसकेका छन् । सामाजिक सञ्जालमा ‘गुण्डा’ नामले चिनिने इर्सादमाथि यसअघि पनि ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा रहेको सार्वजनिक भएको छ ।
यसअघि जनकपुरधाम-१४ रजौलका मोहम्मद मुस्तफा राइनमाथि खुकुरी प्रहार गरेको आरोपमा उनीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलिरहेको थियो । उक्त घटनामा उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ अनुमति लिइएको भए पनि उनी पक्राउ पर्न सकेका थिएनन् ।
आमिन हत्या प्रकरणमा जाहेरी परेका उनका बुबा र आमाको भूमिकाबारे भने अनुसन्धानबाट थप तथ्य खुल्न बाँकी छ । प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिहरूबारे अनुसन्धान अघि बढाइरहेको छ ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी
- २०८३ असोज २४ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी
पूरा पढ्नुहोस्

.png)




