कलकतियाबाली टीमद्धारा अभिनित ई. श्रवण मण्डलको 'लाले रँग सरिया मैया गे' झिझिया गीत सार्वजनिक

२०८३ असोज २४ शनिबार
बिहान ०९:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । चर्चित कलकतियाबाली टिमद्धारा अभिनित इन्जिनीयर श्रवण मण्डलको झिझिया गीत सार्वजनिक भएको छ । 

गायन क्षेत्रमा जम्न थालेका ई. मण्डलका साथै चर्चित गायिका रश्मी रानीको स्वर पनि रहेको छ । लाले रँग सरिया मैया गे बोलको गीत रिलिज गरिएको छ । 

दशमीलाई मध्यनगर गर्दै मिथिलाञ्चल क्षेत्रमा मनाईने झिझिया परम्परालाई दृष्टिगत गरी ई. श्रवण मण्डलले सो गीत रिलिज गरेका छन् । गायक मण्डलले आफैँ स्वर पनि भरेका छन् । 

अभिनयको लागि अविनाश झा उर्फ कलकतियाबालीको टीमसहित चर्चित हास्य कलाकार रामनारायण ठाकुरको समेत अभिनय रहेको छ । 

मैथिली गीत गजल र डिएल शर्मा नेपाल नामक युटुब च्यानलबाट सो झिझिया गीत रिलिज गरिएको हो । 

दशैँमा भोलीदेखि सुरु हुने झिझियाको लागि गीत तयार पारिएको बताईएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

WorldLink को महेन्द्रनगर ईस्ट ब्रान्चद्वारा वीरेन्द्रबजार फुटबल टिमलाई जर्सी वितरण, टीम बिजयी

  • २०८३ असोज २४ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । महेन्द्रनगर ईस्ट ब्रान्चले वीरेन्द्रबजारका फुटबल खेलाडीहरूलाई टिम जर्सी वितरण गरेको छ । स्थानीय स्तरमा रहेका खेलाडीहरूको प्रतिभा र उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्यले महेन्द्रनगर ईस्ट ब्रान्चले फुटबल टिमका

पूरा पढ्नुहोस्

Bureau Menus