कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन बोर्डले विशेष सतर्कता अपनाएको छ। विद्यार्थीहरूको शैक्षिक सत्र प्रभावित नहोस् भन्ने उद्देश्यले बोर्डले नतिजा प्रकाशनको कार्यतालिकालाई समेत तीव्रता दिने योजना बनाएको छ।

२०८३ बैशाख १४ सोमबार, बिहान ८:५० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भइरहेका छन्।
बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यस परीक्षाका लागि देशभरका सबै परीक्षा केन्द्रहरूमा आवश्यक सुरक्षा र व्यवस्थित वातावरण मिलाइएको बोर्डले जनाएको छ।
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन बोर्डले विशेष सतर्कता अपनाएको छ। विद्यार्थीहरूको शैक्षिक सत्र प्रभावित नहोस् भन्ने उद्देश्यले बोर्डले नतिजा प्रकाशनको कार्यतालिकालाई समेत तीव्रता दिने योजना बनाएको छ।
परीक्षा सम्पन्न भएको डेढ महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित तयारी अगाडि बढाइएको जानकारी बोर्डले दिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…