ब्यूरो अपरेशनजिल्ला अदालत पर्साका तामेलदारकै दोहोरो नागरिकता !
उनका छोराहरु धीरज चौहान र नीरज चौहानले समेत दोहोरो नागरिकता लिएको प्रमाण फेला परेको छ । भारतीय निर्वाचन आयोगमा समेत मतदाता रहेको धीरज र निरजले नेपालको निर्वाचन प्रक्रियामा समेत भाग लिँदै आएका हुन् । धीरज चौहानले नेपाली नागरिकतामा राजा चौहान भनेर नाम लेखाएका छन् । बुवा श्रीनिवास प्रसाद चौहान र आमा हेमा देवी चौहान समेत उल्लेख गरिएको धीरज चौहानको नागरिकतामा नाम परिवर्तन गरी राजा चौहान उल्लेख गराएका हुन् ।
२ वर्ष अगाडि · ब्यूरो अपरेशन











