मधेश प्रदेशः सँसदमै एमाले र जनमतबीच कुर्शी तोड लडाई

२०८१ बैशाख ५ बुधबार
बिहान ०६:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको सँसद भवनभित्रै एमाले र जनमतका साँसदहरुबीच कुर्शी तोड लडाई भयो । 

मँगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेससभा बैठकमा जनमतका साँसदहरुले विरोध जनाएपछि एमालेका दीपेन्द्र ठाकुरले गरमाहट उत्पन्न गरेपछि कुर्शी तोड लडाई भयो । 

बैठक सुरु भएसँगै जनमत पार्टीका प्रदेस सांसदहरुले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय शिलान्यासका क्रममा पार्टीका प्रदेस सांसद तथा तत्कालीन शिक्षामन्त्री महेस यादवलगायतमाथि भएको कुटपिटसम्बन्धी घटनाको छानबिन नभएको भन्दै बैठक चल्न नदिने बताएपछि एमालेका प्रदेश साँसद ठाकुरले प्रतिवाद गर्न खोजे । 

मुख्यमन्त्री यादवले घटनाको छानबिन हुने बताए पनि प्रक्रिया अगाडि नबढेकाले कुनै पनि हालतमा बैठक अघि बढ्न नदिने उनीहरुको भनाइ थियो । जनमत पार्टीका सांसदको भनाइलाई सत्तारुढ दल नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका ठाकुरले प्रतिवाद गरे ।

ठाकुरले व्यक्तिगत विषय उठाएर संसद अवरोध गर्न नमिल्ने तर्क गरेपछि जनमतका र नेपाली कांग्रेसका सांसदले प्रतिवाद गरे । एमाले सांसद ठाकुरले जनमत पार्टीका सांसदलाई प्रतिवाद गरेपछि नेपाली कांग्रेसका प्रदेस सांसदहरु पनि नाराबाजीमा उत्रिएका थिए । 

जनमत र नेपाली काँग्रेस एक जुट भएपछि एमालेका साँसद ठाकुर ब्याक भए । भावनामा बगेर सँसदभित्रै चर्को आवाज लगाएका ठाकुरले चौतर्फी दबाब देखेपछि बल्ल चुप भएर बसे । 

जनमत र काँग्रेसका साँसदहरुले मँगलबार सँसद हल्लाएपछि मुख्यमन्त्रीको पक्षधरहरुले अवेर राती विश्वासको मत दिए । प्रतिपक्षिहरु सँसदबाट उठेर गएपछि मात्र मुख्यमन्त्री यादवको विश्वासको मत सम्भव भएको थियो । 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८१ बैशाख ५ बुधबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus